तनहुँमा फेरि चितुवाको आक्रमणमा परी एक बालिकाले ज्यान गुमाएकी छन् ।
आज साँझ साढे ६ बजेतिर बन्दिपुर गाउँपालिका वडा नं. २, कामी डाँडाकी १० वर्षीया अनुजा बिकलाई चितुवाले आक्रमण गर्दा उनको ज्यान गएको हो ।
स्थानीयका अनुसार स्थानीय इसुव बिककी छोरी अनुजा घरभन्दा डेढ किलोमिटर टाढा फुपु दिदी घर जाने भन्दै निस्किएकी थिइन् । बालिका निकै बेरसम्म घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । काकाले बाटोमा अनुजाको चप्पल देखेपछि तुरून्त छिमेकी र प्रहरीलाई खबर गरेर खोजी सुरु गरिएको थियो ।
चितुवाले घरदेखि तल जंगलमा लगेर खाएको अवस्थामा शव भेटियो । घाँटी र दाहिने तिघ्राको भाग खाइसकेको अवस्थामा बालिका भेटिएकी थिइन् ।
चितुवाको आक्रमणबाट पछिल्लो अवधिमा १५ जना बालबालिकाले ज्यान गुमाइसकेका छन्। यसमध्ये २०७४ देखि २०७६ सम्म २ वर्षभित्र मात्रै ९ जना बालबालिकाले ज्यान गुमाएका थिए । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन्।
चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ । मृग, वनकुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकार अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँ बताउँछ।
चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्ज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने सुझाव छ ।
जङ्गल फडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ।
१५ जना बालबालिकाले चितुवाका कारण ज्यान गुमाइसक्दा र ५ भन्दा बढी बालबालिका घाइते हुँदा पनि जंगल घरछेउ हुनेहरूले बालबालिका एक्लै किन छाड्छन् ? सचेत किन हुँदैनन् ? सावधानी अपनाउन जरूरी छ । जंगल नजिक घर हुनेहरूले साँझ र एकान्तमा बालबालिका एक्लै छाड्नु हुँदैन ।
डिभिजन वन कार्यालय तनहुँका अनुसार चितुवाको आक्रमणबाट वि.सं. २०७४ फागुन १ गते भानु नगरपालिका ३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका ४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मंसिर १५ गते भानु नगरपालिका २ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भानु नगरपालिका २ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका १ जामुनेगैह्राका ४ वर्षीय आशीष बानियाँ र भानु नगरपालिका २ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।
२०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका ३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका १ रानागाउँका ८ वर्षीय पुजन सिंजाली, माघ १३ गते बन्दीपुर गाउँपालिका ४ लोहीपाखाका १० वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी नगरपालिका २ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको थियो ।
२०७९ जेठ ३१ गते बन्दीपुर गाउँपालिका १ बोडीस्वाँराका पाँच वर्षीय सुपिम्र बगाले मगर, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका ३ सिस्नेघारीमा ११ वर्षीय विना चेपाङ र कात्तिक १५ व्यास नगरपालिका १२ छिर्कनेमा ५ वर्षीय अरविन कुँवरको मृत्यु भएको छ ।
२०८१ साउन ३ गते राति बन्दीपुरमा चितुवाको आक्रमणबाट १३ वर्षीय बालक सुन्दर अछामीको मृत्यु भएको थियो ।
सम्बन्धित समाचारः
तनहुँमा चितुवाको आक्रमणबाट ६ वर्षमा १४ बालबालिकाको मृत्यु
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ