पोखरा, २९ चैत
बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषले बागलुङ जिल्लामा शिक्षा ,स्वास्थ्य, खेलकुद र कलासाहित्यको क्षेत्रमा काम गर्ने गरी १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएको छ ।
बाग्लुङमा जन्मेर कतारमा रही विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिको सहयोगमा समाजले यो अभियान सञ्चालन गरेको हो । समाजको ‘बागलुङबासीको चाहना, शान्त समृद्ध स्वदेशको कामना’ भन्ने मूल नाराका साथ बागलुङ सेवा समाज दोहा, कतारको संरक्षणकत्वमा बाग्लुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोष स्थापना गरिएको छ ।
अक्षयकोषमा अहिलेसम्म करिब ४० लाख रुपैयाँ सङ्कलन भइसकेको बाग्लुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोष तदर्थ समितिका संयोजक सन्तोष पौडेलले जानकारी दिए ।
‘कोहि पनि बालबालिका सामान्य शैक्षिक सामग्री तथा पोशाकको अभावमा विद्यालय जानबाट वञ्चित हुनु नपरोस् भन्ने ध्येयका साथ यो अभियान सुरु गरेका हौँ ।’ पौडेलले भने – ‘देश तथा बिदेशमा रहँदा विभिन्न व्यक्ति समस्यमा पर्दा समाजबाट सहयोगको अपेक्षा गरिने भएकाले छिटो र छरितो रूपमा सहयोग पु¥याउन सकियोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको हो ।’
बाग्लुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन यही अप्रिल १८ तारिख, शुक्रबार होटेल होलिडे भिल्ला दोहामा हुँदैछ ।
अधिवेनमा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथि रहनेछन् । सोहि अधिवेशनका अवसरमा सांस्कृतिक साँझ पनि हुने कार्यक्रम संयोजक रमेश भट्टले जानकारी दिए ।
सांस्कृतिक साँझमा नेपालबाट दुई कलाकारहरु रेमश निर्दोष र सिम्रन परियार सहभागी हुने आयोजकले जानकारी दिएको छ । आफ्नै जिल्लाका नवोदित कलाकारहरूलाई प्रवर्द्धन गर्नका लागि कलाकारद्वयलाई कतारमा आमन्त्रण गरिएको आयोजक पक्षको भनाई छ ।
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ