काठमाडौं । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।
चैत १५ मा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । हिंसात्मक प्रदर्शनको उनी कथित मुख्य कमाण्डर थिए ।
उनी भारतको असाम राज्यबाट पक्राउ परेको बताइन्छ। उनलाई पक्राउ गरेर नेपाल प्रहरीले नेपाल ल्याउँदैछ । यद्यपी, प्रसाईंले आत्मसमर्पण गरेको सचिवालयले चलाउने सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ ।
प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले प्रसाईंलाई खोजिरहेको थियो । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।उनी विरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रदर्शन बिथोलिएपछि तीनकुनेबाट बिएबी–४२०८ नम्बरको स्कोर्पियोमा चढेर हिँडेका प्रसाई फेला पर्न सकेका थिएनन् ।
यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू नेपालमा रहेको र ज्यानको सुरक्षा ज्ञारेन्टी भए सार्वजनिक हुने बताउँदै फरार नरहेको बताउँदै आएका थिए । यद्यपि उनी पक्राउ पर्न सकेका थिएनन् ।
प्रसाईं चढेर गएको स्कोर्पियो इटहरीमा फेला परेको थियो । स्कोर्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोड स्थित बिएण्डसी मेडिकल कलेजमा लगेर छाडेको बयान दिएका थिए । तीनकुनेबाट प्रसाईं ललितपुरको इमाडोलस्थित धर्मगुरू भनिएका पुष्कर खतिवडाको घरमा पुगे । त्यहाँ स्याउ, केरा र दुध खाएर उनी हिँडको खतिवडाले प्रहरीलाई बताएका छन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार उनी इमाडोलबाट चापागाउँ पुगेका थिए ।
चापागाउँबाट फर्केर बनेपा हुँदै झापा गएको स्कोर्पियो चालकले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । प्रसाईं ललितपुरको कान्ति लोकपथको विभिन्न बाटोहरू प्रयोग गरेर चितवनको ठोरी पुगेर भारत पसेको देखिन्छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले स्कोर्पियो धनी काठमाडौँको काँडाघारी घर भएका मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
सम्बन्धित खबर
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला