तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँबाट संयुक्त रुपमा खटिएको प्रहरीको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले गुणादि बाट लागु औषध गाजा सहित एक जना लाइ पक्राउ गरेको छ ।
धादिङ वेशी बाट पोखरा तर्फ जाँदै गरेको ना १ ख ३६७९ को यात्रु वहाक बस रोकी चेकजाँच गर्ने क्रममा तालिम प्राप्त कुकुरको सहयोगमा बसमा सवार रहेका नबलपरासी बुम्दीकाली गाँउपालिका वडा नं १ घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं ४ सिद्धार्थचोक बस्ने वर्ष २० को पारस सार्की पक्राउ परेका हुन ।
सार्कीले बोकेको झोला खानतलासी गर्दा उनले झोला भित्र लुकाई छिपाई ओसार पसार गर्दै गरेको अबस्थामा ३ किलो गाँजा फेला परेको हो । बुधबार म्याग्दे गाउँपालिका वडा नं १ गुणादी स्थित पृथ्वीराजमार्ग सडकमा चेकप्वाईन्ट राखेर राजमार्ग सडकमा चल्ने सवारी साधन तथा संकित ब्यक्तिहरुको चेकजाँच गर्ने क्रममा दिउसो साढे चार बजे प्रहरीले पक्राउ गरेको हो ।
उक्त लागु औषध गाँजा बरामद गरी उनलाई पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्याल जानकारी दिए ।
सम्बन्धित खबर
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
तनहुँमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
पिङ संरक्षणमा जुटे युवा
‘दमौली अस्पतालमा भुइँमै राखेर उपचार गरेको सत्य होइन’
दमौलीमा डेंगुबाट सास्तीः अस्पतालको भुइँमा राखेर बिरामीको उपचार
तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन