पोखरामा अहिलेसम्मकै सर्वाधिक धनराशिको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । बौद्ध शान्ति क्लव, पोखरा–१०, रामघाटको आयोजनामा विष्णु कुमारी गुरूङ मेमोरियल खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आगामी चैत्र २६ देखि चैत्र ३० सम्म अम्मरसिंह खेल मैदानमा हुन लागेको हो ।
‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिताको उपाधी विजेता टिमले हाल सम्मकै सर्वाधिक ठूलो धनराशिको पुरस्कार नगद २ लाख ३० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरि दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १५ हजार रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १०,०००/-, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई जनही नगद ८ हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ।
क्लवका संस्थापक अध्यक्ष रोशन गुरुङका हजुरआमा स्व.विष्णुकुमारी गुरुङको स्मृतीमा उहाँकै नामबाट यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा झण्डै ३० क्लवको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १२ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताबाट बचत हुने रकम सामाजिक कार्यमा खर्च गरिने क्लवका सचिब अनमोल गुरूङले बताए । क्लबका संरक्षक झव्याङ वाङदी लोवा विस्टले प्रतियोगिता सफल पार्न सबै साथ र सहयोगको अपेक्षा रहेको बताए |
सम्बन्धित खबर
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपको तयारी तीव्र
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन सिटिजन फर्निचरले गर्ने
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
अन्तर इक्यान राष्ट्रिय फुटसलमा पूर्वाञ्चललाई हराउँदै कास्की विजयी
मनुश्री भिग्नजीतमा दर्शिल र सारालाई दोहोरो उपाधि
पोखरामा क्लासिक सुईट्स टि– २० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप हुँदै
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध