फेदीखोला चैते दशैं मेला: पुरुष भलिबलको उपाधि मट्टीखानलाई

फेदीखोला चैते दशैं मेला: पुरुष भलिबलको उपाधि मट्टीखानलाई

Mattikhanlai upadhi

स्याङ्जाको फेदीखोला गाउँपालिकामा हिम शिखर क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको उपाधि मट्टीखान माउन्टेन भ्यु रिसोर्टले जितेको छ ।

फेदीखोला रंगशालामा भएको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा मट्टीखानले नरेसोल्टी क्लब ‘ख’ लाई ३ – १ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

आइतबार भएको फाइनल खेलमा नरेसोल्टी क्लबलाई २५ – ७, २२ – २५, २५ – १४ र २५ – २२ को अङ्कले पराजित गर्दै मट्टीखान उपाधि विजेता बनेको हो । उपाधिसङ्गै मट्टीखानले एक लाख २६ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

त्यस्तै, उपविजेता बनेको नरेसोल्टी क्लब ‘ख’ ले ८६ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो । तेस्रो बनेको कालाबाङ घरेडीले २६ हजार रुपैयाँ र सान्त्वना स्थान प्राप्त गरेको नरेसोल्टी क्लब ‘क’ ले ६ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका हुन् ।

राम नवमी तथा चैते दशैं मेलाको अवसरमा चैत २१ देखि २४ गतेसम्म आयोजित प्रतियोगितामा आठ क्लबको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ