लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु

लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु

larke-pass

गोरखा । लार्के पास चढ्न मनास्लु क्षेत्र पुगेका एक बेलायती नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलायतका नागरिक ६१ वर्षीय थोम्सन आयन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार लार्के पास गर्ने क्रममा आइतबार बिहान करिब १० बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा उनी एक्कासी ढलेको र सोही स्थानमा उनको मृत्यु भएको हो ।

हेलीमार्फत प्रहरी घटनास्थल जाने तयारी भएपनि मौसमका कारण आइतबार हेली उडान हुन नसकेको पहरीले जनाएको छ ।

मौसम अनुकुल भएपछि हेलि उडान हुने र प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ