सरकारले नसुनेपछि शिक्षकहरूले निकाले सिठी जुलुस

सरकारले नसुनेपछि शिक्षकहरूले निकाले सिठी जुलुस

teacher-protest-kathmandu

काठमाण्डौ । काठमाण्डौमा शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् ।

गएको बुधबारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाण्डौको माइतीघरमा सिठी जुलुस निकालेका हुन् ।

उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका छन् । शिक्षकहरूले हिजो सडकमा सुतेर विरोध जनाएका थिए ।

यसैबीच शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउन भन्दै नेपाल शिक्षक महासङ्घले भोलिदेखि शैक्षिक हडतालको घोषणा गरेको छ ।

शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका शिक्षकहरू आन्दोलनमा छन् । उनीहरू काठमाण्डौ आएर माघ २० गतेदेखि प्रदर्शन गरिरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ