अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन

pic

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ ।

राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी नागरिकले विरोध गरेको यो पहिलो पटक हो । अमेरिकाका सबै ५० राज्यका झन्डै एक हजार दुई सय ठाउँमा विरोध प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ ।

ट्रम्पविरुद्ध बोस्टन, शिकागो, लस एन्जलस, न्युयोर्क र वाशिङ्गटन डीसी लगायतका शहरहरूमा हजारौं मानिस भेला भएका छन् । यी विरोध प्रदर्शनहरूलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । यसको अर्थ ट्रम्पले नागरिकको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो ।

प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलालगायत धेरै मुद्दाहरूमा राष्ट्रपति ट्रम्पको एजेन्डाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले विश्वका धेरै देशमा कर लगाउने घोषणा गरेपछि अमेरिकाबाहिर पनि धेरै सभाहरू आयोजना गरिएको थियो । यसमा लन्डन, पेरिस र बर्लिनजस्ता शहरहरू समावेश छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ