राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री (हाल निलम्बन) डा. मुकुल ढकालले रवि लामिछानेलाई राजनीतिबाट बिदा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
‘असार १९, २०८१ मा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव- रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ। यो प्रस्तावमा नआई सुख छैन। रवि दाइलाई राजनीतिबाट बिदा गरी राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा लागौँ। यसले दाइलाई पनि सबै कुरा छोडेर मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ,’ ढकालले फेसबूकमा लेखेका छन्।
उनले अब पार्टी जोगाउने उपाय भने असारको आफ्नो प्रस्तावमा फर्किनु रहेको पनि बताएका छन्। ‘असारमा भनेको कुरा चैत लाग्दासम्म पनि बुझ्न सकेनौँ भने राजनीति के गर्छौँ ? छोडिदिए हुन्छ। अब पार्टी जोगाउने उपाय भनेको असारको प्रस्तावमा फर्कनु हो। रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने निर्णय गर्नु हो अनि मात्र नेपाल, नेपाली जनता, विधिको शासन र नैतिक मूल्य-मान्यताको राजनीतीलाई न्याय मिल्छ,’ उनले भनेका छन्।
लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजालसले थुनामा पठाएको छ। जिल्ला अदालत रुपन्देहीको फैसलाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका लामिछानेलाई थुनामा पठाउने आदेश भएको हो। यसपछि ढकालले उनलाई राजनीतिबाट बिदा दिएर पार्टी निर्माणमा लाग्ने प्रस्ताव गरेका हुन्।
‘रवि दाइ रास्वपाको साधारण सदस्यबाट पनि स्वतः निलम्बित भए’
ढकालले सभापति रवि लामिछानेको पार्टी सदस्यता स्वतः समाप्त भएको बताएका छन्। सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै लामिछानेको पार्टी सदस्यता बाँकी नरहेको रास्वपाका निलम्बित महामन्त्री ढकालको दाबी छ।
सामाजिक सञ्जाल एक्समा मुकुल लेख्छन्, ‘विधानतः रवि दाइ राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यबाट पनि स्वत: निलम्बित भएका छन्।’
रास्वपाको विधान अनुसार भ्रष्टाचार र नैतिक पतनको अभियोगमा सजाय पाएकालाई सदस्यता अयोग्य हुन्छ। यस्तो योग्यता कायम नरहेमा सदस्यता स्वतः समाप्त हुने उल्लेख छ।

सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला