पति–पत्नीबिच तेस्रो व्यक्तिको प्रवेशले आपराधिक घटना भएका उदाहरण पछिल्लो समय भारतमा प्रशस्त पाइन्छन् । प्रेमी वा प्रेमिकासँग मिलेर पत्नी वा पतिको हत्या गरेका समाचार प्रकाशमा आइरहेका छन् ।
तर भारतमै एक पुरुषले आफ्नी पत्नीको विवाह गराइदिएको समाचार प्रकाशमा आयो । भारतको उत्तर प्रदेश राज्यको सन्त कबीरनगर जिल्ला निवासी बबलू केही अघि आफ्नै पत्नी राधिकाको बिहे अर्कासँग गराइदिएर चर्चामा आएका थिए । पत्नीलाई उनकै प्रेमी विकाससँग बिहे गराइदिएका बबलू चार दिनभन्दा बढी आफ्नो निर्णयमा टिक्न सकेनन् ।
बबलूले पत्नी राधिकाको हात जसलाई थमाइदिएका थिए, उनैसँग याचना गरेर राधिकाको हात मागेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार राधिकाको हात माग्न बबलू हालै विकासको घरमा पुगेका हुन् ।
बबलूकी आमाले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भनेकी छन्, ‘हामीले त पहिला नै यस्तो निर्णय नलिन बबलूलाई सम्झाएका थियौँ तर मानेन । उसैले बिहे गराइदियो । पछि उसलाई पनि आफूले गल्ती गरेँ भन्ने लागेछ ।’
बबलू र राधिकाका दुई सन्तान छन् । बबलूले पत्नी राधिकाको बिहे गराउने बेलामै बालबच्चाको हेरचाह आफैँ गर्ने भनेर राधिका र विकासलाई नयाँ दाम्पत्य जीवनको शुभकामना दिएका थिए ।
तर राधिकाविना बालबच्चाको हेरचाह गर्न कठिन भएपछि चार दिनमै बबलू राधिकाको हात माग्न विकासको घर पुगे । विकासले पनि राधिकालाई बबलूको जिम्मा लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बबलू अहिले राधिकालाई लिएर अलग्गै बस्न थालेको बताइएको छ ।
सम्बन्धित खबर
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
पत्नीको बिहे गराइदिएका युवकले चार दिनपछि फिर्ता मागे
एक अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल !
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु