काठमाडौँ — राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले चैत १५ गतेको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईं हाबी भएको देखेपछि आफू त्यहाँबाट फर्किएको बताएका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा तामाङले आन्दोलनलाई समर्थन गर्दा पार्टीबाट पनि गल्ती भएको हुन सक्ने बताएका हुन् ।
‘मञ्चतिर यसो हेर्दाखेरी त ज्ञानेन्द्र शाहको जत्रै दुर्गा प्रसाईंको फोटो देखेँ । त्यो देखेपछि यो त खत्तम रैछ भन्ने लाग्यो । अनि म फरक्क फर्केँ । म सिनामंगल आइपुग्दा त टियर ग्यास मञ्चमा हानिसकेको रहेछ,’ उपाध्यक्ष थापाले भने । पार्टीबाट पनि केही ल्याप्सेस भएको हुन सक्ने उनको भनाइ छ ।
‘हाम्रो नि ल्याप्सेस होला नि । जसले जे गर्ने भने त्यसलाई समर्थन गर्ने भन्दा त नहुने रहेछ नि । हाम्रो कार्यविधि छ । साइडबाटै यसो हेरेर म पनि टाप कसिहाले नि,’ उनले भने ।
त्यस्तै तीनकुनेको घटनामा एक पक्षलाई मात्र दोष लगाइराखिएको पनि उपाध्यक्ष तामाङको भनाइ छ । उनले भने, ‘सत्य तथ्य पत्ता लगाउनुपर्यो । महामन्त्री र वरिष्ठ उपाध्यक्ष थुनामा हुनुहुन्छ । उहाँहरूलाई सबै दोषको जिम्मा लगाउने हो र ? न्यायिक जाँच हुनुपर्यो । जो दोषी छ त्यसलाई सजाय दिनुपर्यो ।’
सम्बन्धित खबर
९ वर्षपछि प्रतिपक्षी बनेको माओवादीका अध्यक्ष प्रचण्डको आँखा सरकारतिरै
एमाले बिनाको नेपाल? नातिको पालामा पनि आश नगरे हुन्छ: प्रधानमन्त्री
दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौँ ल्याइँदै
नेपाल प्रहरीको आधिकारिक भनाई –‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
ज्ञानेन्द्रलाई जति धोइपखाली गरेपनि संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा
त्रिविका भीसी बरालको राजीनामा कुलपतिद्वारा स्वीकृत
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु