कंक्रिटको जंगल बनेको शहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन मुस्किल छ । गाउँमा घर वरिपरि करेसाबारी भएजस्तो शहरी क्षेत्रका घरसँग करेसाबारी हुनु दुर्लभ र अपवाद जस्तै छ ।
पोखरा महानगरपालिका वडा नम्बर १२ कार्यालयले कौसी खेतीका लागि तालिम कार्यक्रम सञ्चालन गरेको छ । वडा भित्रका महिलालाई आयआर्जनमा जोड्न तालीम दिइएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।
उनका अनुसार यो तालिमको उद्देश्य महिलाहरुलाई आर्थिक रूपले सशक्त बनाउन र घरै बसेर आय आर्जन गर्ने अवसर प्रदान गर्नु हो । ‘मेहनतसाथ उत्पादन गरेको तरकारी खान पाउँदा आनन्द आउँछ’ – वडाध्यक्ष बास्तोलाले भने – ‘तरकारी किन्दा हुने खर्च पनि बचत हुन्छ ।’
तालिममा अर्गानिक तराकारी खेतीको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद व्यवस्थापन, सम्भावित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइने पोखरा महानगरपालिका कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
शहरमा बढ्दै गएको कौसी खेतीको रूचीलाई देखेर होला पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले बिउ र मल निःशुल्क वितरण गरेको छ ।
कौसी खेतीलाई बढावा दिन पोखरा महानगरपालिकाले वडा–वडामा कृषि सञ्जाल गठन गरेको छ । तालिममा कौसी खेती कृषकले आ-आफ्ना अनुभव साटेका छन ।
सम्बन्धित खबर
चोरी तथा तोडफोडमा संलग्न चार किशोर पक्राउ
पोखराको राबजारबाट लागू औषध ब्राउनसुगरसहित २ जना पक्राउ
श्री भगवतीटार आमा समुहद्वारा पत्रकार रानाभाट सहित विभिन्न व्यक्तित्व सम्मानित
बेलायती राजकुमार चाल्र्स बास बसेको डिठ्ठा गाउँमा होमस्टे
भिमादका मंगल गिरीको हत्या गरी फरार रहेका ३ युवक पक्राउ
तनहुँमा जिप र स्कुटर ठोक्किँदा २० वर्षीय युवकको मृत्यु
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु