पोखरा । गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरेपश्चात एक्साभेटरले खाल्टो खनेर गाड्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
१९ वर्षीया श्रीमती विमला कट्टेललाई घुम्न जाउँ भनी चैत्र १५ गते इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर २ धार्नेखोपस्थित दाहाल गोलाईस्थित जंगलमा लगेर हत्या गरेपश्चात एक्साभेटरले खाल्डो खनेर गाड्ने कार्यमा संलग्न फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरीका २५ वर्षीय उमेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, एक्साभेटर चालक गिरीले उक्त दिन श्रीमतीको हत्या गरेर खाल्टो खनी गाडेपश्चात चैत्र १ गते प्रहरी चौकी आमचोकमा पुगेर श्रीमती विमला कट्टेल हराएको भन्दै खोजीका लागि निबेदन दिएका थिए।
घटना शंकास्पद भएको भन्दै प्रहरीले श्रीमान उमेश गिरीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो।
प्रहरीले अनुसन्धान पछि गिरीले गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरेपश्चात एक्साभेटरले खाल्टो खनेर गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाले जानकारी दिए।
विमलाको शव चैत्र १५ गते फाकफोकथुम गाउँपालिका वडा नम्बर २ धार्नेखोप स्थित दाहाल गोलाईबाट गाडेको अवस्थामा प्रहरीले उत्खनन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता सञ्जीव बोगटीका अनुसार, एक्स्काभेटर चालक रहेका उमेश गिरीले गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्याई, मुक्का प्रहार गरी लडाएर घाँटी थिचेर हत्या गरेपछि एक्स्काभेटरले नै खाल्डो खनेर शव गाडेका थिए।
सम्बन्धित खबर
नयाँ वर्ष २०८२ सुरूः शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै
आजको मौसम पूर्वानुमान
२०८१ मा नेपालमा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
९ वर्षपछि प्रतिपक्षी बनेको माओवादीका अध्यक्ष प्रचण्डको आँखा सरकारतिरै
राजसंस्थाबारे प्रष्टै बोले पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठ पढ्नुहोस्]
दुर्गा प्रसाईंनिकट युवाहरूले लगाएका थिए तीनकुनेको घरमा आगो [भिडियो]
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु