काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थकहरुको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागि घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीको गोली लागि घाइते भएका ३ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते हुनेमा दिल्ली प्रसाद लुइँटेल, गणेश तामाङ र श्याम दर्जी रहेका छन् ।
तीनकुने क्षेत्रमा राजतन्त्र समर्थकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै निजी घरमा तोडफोड र आगजनी समेत गरेका थिए ।
प्रदर्शनकारीले आगलागी नियन्त्रणका लागि गएको दमकलमाथि समेत आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।
प्रदर्शनकारीहरुले नेकपा एकीकृत समाजवादीको आलोकनगरमा रहेको कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालय पनि तोडफोड गरेका छन् । तीनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनस्र्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर, प्रहरीसँगको झडपपछि कार्यक्रम नै बिथोलिएको छ ।
सम्बन्धित खबर
रवि लामिछाने भैरहवा कारागार चलान
पूर्व उपराष्ट्रपतिको सुविधा लिएरै पुन माओवादी केन्द्रको उपाध्यक्ष
विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ दोस्रो
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
लेखक तथा वरिष्ठ पत्रकार भैरव रिसालको निधन
यी स्थानमा बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर