अर्घाखाँची । अर्घाखाँचीको सुपादेउराली दर्शनका लागि गएको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।
नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस हिजो बेलुकी शितगंगा नगरपालिका–२ भुवनपाटामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका ८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षकी उमा न्यौपाने, उनकी ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने अन्दाजी ४५ वर्षीय गाडी चालक मदन कुमार बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने ३६ वर्षीय सन्तोष कँडेल, ४ वर्षीय अमर कँडेल, ३१ वर्षीय आशीष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी, १४ वर्षीय आयान्स अधिकारीलाई बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको छ ।
बस ओरालोमा सडकबाट तल खसेको थियो । ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पीजी अध्ययनको लागि न्यूयोर्कमा द्विपक्षीय वार्ता
रविको मानवअधिकार हनन भएको भन्दै आयोगमा रास्वपाको उजुरी
अछामको जयगढ बजारमा भीषण आगलागी, २७ घर जलेर नष्ट
बदली, वर्षा र हिमपातको सम्भावना
सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू थाके, ८४ सम्मै जान्छ : प्रधानमन्त्री
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर