काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसीसँग कुलमान साटेको आरोपको खण्डन गरेका छन् ।
बुधवार प्रतिनिधिसभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो आरोप बेइमानीपूर्ण र आपराधिक प्रचार बाहेक केही नहुन स्पष्ट पारे । यद्यपी आरोप भने राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले लगाएका थिए ।
प्रमुख प्रतिपक्ष दलको नेतासमेत रहेका उनले प्रधानमन्त्री केपी ओलीको नियतमाथि प्रश्न उठाए ।
‘प्रचण्डले टीआरसीसँग कुलमान साट्यो ! योभन्दा झुटो, योभन्दा बेइमानीपूर्ण आपराधिक प्रचार केही हुनसक्छ । सिंहदरबार गएर टीआरसी लगत्तै गर्नुपर्ने केही बाध्यता थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो । फेरि एकचोटी जालझेल मलाई महसुस भएको छ । एक दुई दिन पर्खेको भए पनि हुन्थ्यो ?’, ओलीको नियतमाथि प्रश्न उठाउँदै प्रचण्डले भने ।
सोमबार सिंहदरबारमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीको बैठकले सङ्क्रमणकालीन न्याय(टीआरसी) सिफारिस समिति गठन गर्ने निर्णय लगत्तै ओलीले मन्त्रिपरिषद् बैठक राखेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसै विषयलाई लिएर राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रचण्डमाथि गम्भीर आरोप लगाएका थिए । प्रचण्डले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले रोष्टममा आएर जवाफ नदिएसम्म हाउस चल्न नसक्ने बताएका छन् ।
सम्बन्धित खबर
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
मासु अड्किएर एक जनाको मृत्यु
आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक बिदा
‘थाइल्याण्ड भ्रमण सफल, दुई देशबीच आठ सम्झौता’
‘रविलाई राजनीतिबाट बिदा गरेर पार्टी निर्माणमा लागौँ’ – रास्वपा संस्थापक महामन्त्री ढकाल
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर