पोखरा । कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । संघको पोखरामा सोमबार राती सम्पन्न १० औं केन्द्रीय परिषदले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । आचार्य निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् ।
संघको बरिष्ठ उपाध्यक्ष हाललाई खाली राखिएको छ । उपाध्यक्षमा पुष्कर कोइराला, नरहरीप्रसाद ढकाल र रामसेवक साह तथा महासचिवमा लेखराज घिमिरे यसअघि नै सर्वसम्मत निर्वाचित भईसकेको कृषि विकास बैंक कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए । उनका अनुसार संघको उप–महासचिवमा केशव पोखरेल, पाँच सचिवहरुमा शोभा राना, सीता खड्का, गोकुल खत्री, मणी ढुंगाना र खगेन्द्र भण्डारी, कोषाध्यक्षमा अस्मीता पन्त, सहकोषाध्यक्षमा लोकप्रसाद गौतम र कार्यालय सचिवमा बिजय पौडेल रहेका छन् ।
परिषदको सोमबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । उद्घाटनअघि प्रभातफेरी निकालिएको थियो । लेकसाईडस्थित होटल पौवाबाट शुरु भएको प्रभातफेरी बैदाम प्रहरी चौकी, सहिदचोकहुँदै पुनः होटल पौवामै पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो ।
उद्घाटनको अवसरमा संघका ७ जना पूर्व अध्यक्षहरुलाई सम्मानित गरिएको कृषि विकास बैंक कर्मचारी संघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।
परिषदमा देशभरका ७७ जिल्लाका ६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेका संघका निवर्तमान केन्द्रीय अध्यक्ष लिला जिसी क्षेत्रीले जानकारी दिए ।
सम्बन्धित खबर
दुई सय १६ जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
रेडक्रस कास्कीमा १ मतान्तरले उर्मिला खड्का विजयी
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता