जापान । हत्या अभियोगमा ४६ वर्ष जेलमा बिताएपछि निर्दोष ठहर जापानका इवाओ हाकामाडालाई १४ लाख अमेरिकी डलर (झण्डै १९ करोड रूपैंया) क्षतिपूर्ति दिइएको छ । ८९ वर्षीय पूर्वबक्सर हाकामाडा सन् १९६६ मा पक्राउ परेका थिए ।
हाकामाडा ४ जनाको हत्या अभियोगमा दोषी ठहर भएपछि जेल परेका थिए । उनी ४६ वर्ष पछि अर्थात सन् २०२४ मा निर्दोष प्रमाणित भए । हाकामाडा विश्वकै सबैभन्दा लामो समयसम्म मृत्युदण्ड पर्खिरहेका कैदी थिए, जहाँ हरेक दिन उनको अन्तिम दिन हुन सक्थ्यो ।
तर निर्दोष ठहर भएसँगै उनलाई प्रतिदिन १२ हजार ५ सय जापानी येनको दरले क्षतिपूर्ति दिइएको हो । सिजुओका जिल्ला अदालतले सोमबार दिएको फैसलामा हाकामाडालाई क्षतिपूर्ति दिनुपर्ने निर्णय गर्यो ।
गत सेप्टेम्बरमा सोही अदालतले पुनः परीक्षण गर्दै हाकामाडालाई निर्दोष ठहर गरेको थियो । अदालतले प्रहरीले प्रमाणहरू गलत तरिकाले हेरफेर गरेको बताएको थियो । अदालतका अनुसार उनलाई अभियो स्वीकार्न दबाब दिइएको थयो । तर पछि उनले हत्या अभियोग अस्वीकार गरेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार क्षतिपूर्ति रकम जापानमा यस्ता घटनामा दिइएको हालम्मकै बढी हो । तर, हाकामाडाका वकिलले भने उनले भोगेको पीडाको तुलनामा क्षतिपूर्ती रकम पर्याप्त नभएको बताएका छन् ।
दशकौंसम्म मृत्युदण्डको त्रासमा जेलमा बस्नुपर्दा हाकामाडाको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको थियो । उनका वकिलले उनलाई ‘वास्तविकताबाट अलग, कल्पनाको दुनियाँमा बाँचिरहेको’ व्यक्ति भनेर वर्णन गरेका छन् ।
हाकामाडा जापानको युद्धपछिको इतिहासमा मृत्युदण्डको फैसला सुनाइएका पाँचौं व्यक्ति हुन् । यसअघि चारैजना निर्दोष प्रमाणित भएका थिए ।
सम्बन्धित खबर
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता
बिम्स्टेक शिखर सम्मेलन सुरू, सँगै उभिए ओली र मोदी
नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर