पोखरा । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा जनप्रिय बहुमुखी क्याम्पस र त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट बीच चिनियाँ भाषा कक्षा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाल पक्षका कार्यवाहक निर्देशक डा.बलराम दुवाल र जनप्रिय बहुमुखी क्याम्पस प्रमुख कृष्ण बाबु बरालले ब्याचलर इन माउन्टेन टुरिज्म म्यानेजमेन्ट कार्यक्रममा चिनियाँ भाषा कक्षा सञ्चालनका लागि हस्ताक्षर गरेका हुन् ।
नेपालमा चिनियाँ भाषा शिक्षाको बढ्दो महत्व, पर्यटन, व्यापार र साँस्कृतिक आदान प्रदानका क्षेत्रमा यसको प्रभाव बारे चर्चा गदै नेपाल–चीन शैक्षिक तथा साँस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सम्झौता गरिएको हो ।
कार्यक्रममा डा.बलराम दुवालले भने, ‘चिनियाँ भाषा सिक्नु भनेको विश्वव्यापी अवसरहरूको ढोका खोल्नु हो। नेपालका विद्यार्थी तथा व्यावसायीका लागि महत्वपूर्ण लगानी हो, जसले विद्यार्थीको शैक्षिक तथा व्यावसायिक सम्भावनाहरूलाई थप उजागर गर्नेछ ।’
कन्फ्युसियस इन्स्टिच्युटका चीन पक्षका निर्देशक प्रा.डा.झाङ सिङनियानले जनप्रियलाई सहकार्यका निम्ति धन्यवाद दिँदै नेपाल–चीन सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमा प्रकाश पारे। उनले भने, ‘चिनियाँ भाषा सिक्नु भनेको नेपाल–चीन पर्यटन तथा व्यवसायिक सहकार्यलाई प्रवद्र्धन गर्नु हो।’
क्याम्पस सञ्चालक समिति अध्यक्ष बीरेन्द्र नारायण बिजुक्छेले, नेपाल–चीन बीच सातौँ शताब्दीबाट कायम ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै भने, ‘सम्झौता केवल शैक्षिक सहकार्य मात्र नभई दुई संस्था बीचको ज्ञान, संस्कृति र व्यावसायिक अवसरहरूको आदान प्रदानको एउटा महत्वपूर्ण माध्यम हो ।’
क्याम्पस प्रमुख कृष्ण बाबु बरालले समझदारी पत्र अनुरूप विएमटिएमका र्यक्रमका सातौँ र आठौंँ सेमेस्टरका विद्यार्थीहरूका लागि चिनियाँ भाषा कक्षा तत्काल सञ्चालन गरिने जानकारी गराए। उनले भविष्यमा अन्य सङ्कायहरूमा समेत चिनियाँ भाषा कक्षा विस्तार गर्ने योजना रहेको बताउँदै विद्यार्थीहरूका लागि रोजगारीका थप अवसरहरू सिर्जना गर्ने जनाए ।
चिनियाँ भाषा प्रशिक्षक याओ फाङले पाठ्यक्रम संरचना तथा सिकाइ गतिविधि बारे जानकारी दिँदै भनिन्, ‘चिनियाँ भाषा सिक्ने यात्रामा हामी सबै मिलेर अगाडि बढ्ने छौं। यो अवसरलाई सदुपयोग गरी उत्कृष्ट प्रगति गर्नु पर्छ ।’ कार्यक्रममा स्वायत्त कार्यक्रम संयोजक दिव्या लक्ष्मी चालिसेले वर्तमान विश्व परिप्रेक्ष्यमा चिनियाँ भाषाको महत्व बारे चर्चा गरिन् ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ