पोखरा । पर्यटनको राजधानी शहर पोखरामा आयोजना हुने लागेको पहिलो वाडा अटो शो २०२५ मा सवारी किन्ने हरेक व्यक्तिले ३ महिनाको लागि निःशुल्क पोखरा इन्टरनेट प्राप्त गर्ने भएका छन् ।
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन (वाडा)को आयोजनामा अटो शो यही चैत १४ देखि १७ गतेसम्म पोखराको अमरसिंह माविको खेल मैदानमा हुँदैछ । उक्त शोमा आधिकारिक इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट रहेको छ ।
यसका साथै उक्त शो मा इन्टरनेटले निःशुल्क इन्टरनेटको सेवा समेत उपलब्ध गराउने इन्टरनेटकी मार्केटिङ एसिस्टेन्ट दिपा दुलालले जानकारी दिइन् ।
‘मेलालाई थप प्रविधिमैत्री बनाउनका लागि पोखरा इन्टरनेटले टिकट खरिद एप डाउनलोड, आगन्तुक तथा प्रदर्शकहरूका लागि उच्च गतिको इन्टरनेट, वाडा अफिस र उद्घाटन समारोहका लागि समर्पित इन्टरनेट निःशुल्क उपलब्ध गराउनेछ ।’ दुलालले भनिन् – ‘हामीले पनि मेलामा आफ्नो स्टल राख्नेछौँ। यदि तपाईंलाई इन्टरनेट जडान गर्न आवश्यक छ भने हाम्रो स्टलमा आएर जानकारी लिन सक्नुहुनेछ ।’
इन्टरनेटले समय समयमा विभिन्न अफरहरू ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारः
‘वाडा अटो शो’ को पूर्वसन्ध्यामा पोखरामा मोटर र्याली
पोखरामा पहिलो पटक ‘वाडा अटो शो’ हुँदै
सम्बन्धित खबर
१९ सय रुपैयाँले घट्यो सुनको मूल्य
पोखरा इन्टरनेटको नयाँ बर्षमा अफरै अफर
सुनको मूल्य अहिलेसम्मकै उच्च
डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो
महिन्द्रा सवारीसाधनका रिकन्डिसन शोरूम ‘अग्नि आस्था’ पोखरामा पनि
सुनचाँदीको मूल्य बढ्यो
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर