पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अनेरास्ववियुले अग्रता बढाउँदै लगेको छ । सोमबार राति ११:०० बजेसम्मको नतिजा अनुसार विष्णु पोखरेल नेतृत्वको अनेरास्ववियु प्यानलले सुरुवातदेखिकै अग्रता कायम राखेको छ ।
१ हजार २ सय ८६ मत गणना हुँदा पोखरेलले ४ सय ९४ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार विप्लवी न्यौपानेले पछ्याइरहेकी छन् । न्यौपानेले २ सय २८ मत पाएकी छन् ।
नेविसंघका सुशील न्यौपाने १ सय ९८ मत ल्याएर तेस्रोमा छन् । अखिल (क्रान्तिकारी)का नबिन अधिकारीले ९३, संयुक्त प्यानलका सन्तोष पौडेलले ९१, स्वतन्त्र उम्मेद्वार कमल सुवेदीले ४९, प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरूङले ३४, अखिल (छैठौं)का मिलन सुनारले १२ मत ल्याएका छन् ।
सचिवमा अनेरास्ववियुका विराट दुवाडी अगाडि छन् । कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरूङ अगाडि छन् ।
आइतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९७ जना (३१.२५ प्रतिशत), समानुपातिकतर्फ २ हजार ८ सय ९२ जना (३१.१९ प्रतिशत) सहभागी थिए । यस क्याम्पसमा ९ हजार २ सय ७० मतदाता थिए । सोमबार बिहान ९ बजेपछि मतगणना सुरू भएको थियो ।
पृथ्वीनारायण क्याम्पसमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ/संगठन/प्यानल निर्वाचनमा सहभागी छन् । ०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।
सम्बन्धित खबर
पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ चैत २२ गते पोखरा सभागृहमा, प्रवेश निःशुल्क
गण्डकीका ८ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी
पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्दै टेवान पोखरा बन्दीपुरमा
पोखरा १२ मा कौसी खेतीका लागि तालिम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व: ७९ लाख सामाजिक सेवामा खर्च
पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक
यो पनि पढौँ
ज्ञानेन्द्र र परिवारका सुरक्षाकर्मीहरू व्यापक कटौती, १५५ जनामा अब १५ मात्रै
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक
प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई