पोखरा । देशकै धेरै विद्यार्थी अध्ययन गर्ने ठूलो क्याम्पस पोखराको पृथ्वीनारायण क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा एक तिहाई विद्यार्थी पनि निर्वाचनमा सहभागी भएनन् ।
स्ववियु चुनावमा २ हजार ८ सय ९७ मत खसेको छ । क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेकोमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो ।
यो सहभागिता चैत ५ गते रोकिएको निर्वाचनको प्रत्यक्ष असर मान्न सकिन्छ । त्रिविले देशभर चैत ५ गतेका लागि निर्वाचन मिति तय गरेको थियो । उक्त दिन छापिएको मतपत्रमा अखि छैठौंका उम्मेदवारको नाम पछाडि भोट हाल्ने बाकस छुटेपछि चुनाव रोकियो । भोलिपल्ट चैत ६ गते निर्वाचन तोकिएकोमा त्यस दिन पनि हुन सकेन ।
आज चैत १० गते चुनाव मिति तय गर्दा अधिकांश विद्यार्थी चुनाव हुनेमै सशंकित थिए । त्यसैले पनि न्यून संख्यामा मत खसेको विद्यार्थी बताउँछन् ।
बिहान ८ बजे सुरु भएको मतदान ४ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्ववियु निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले बताए । मतगणना साँझदेखि नै गर्ने तयारी गरिएको छ ।
२०६५ पछि अर्थात् १६ वर्षमा भएको निर्वाचन उत्साहजनक सहभागिता नभएपनि अब शान्तिपूर्ण चुनावी वातावरण बनेकोमा विद्यार्थीहरु खुशी देखिन्छन् ।
क्याम्पसको स्ववियुको नेतृत्व लिन ८ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् भने २ जना स्वतन्त्र ढंगले चुनावमा होमिएका छन् ।
एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट नेकपा एस निकट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।
सम्बन्धित खबर
पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ चैत २२ गते पोखरा सभागृहमा, प्रवेश निःशुल्क
गण्डकीका ८ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी
पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्दै टेवान पोखरा बन्दीपुरमा
पोखरा १२ मा कौसी खेतीका लागि तालिम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व: ७९ लाख सामाजिक सेवामा खर्च
पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक
यो पनि पढौँ
ज्ञानेन्द्र र परिवारका सुरक्षाकर्मीहरू व्यापक कटौती, १५५ जनामा अब १५ मात्रै
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक
प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई