पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएनसी) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ ।
गत चैत ५ र चैत ६ मा दुई पटक स्थगित भएको निर्वाचन आज आइतबार बिहान ८ बजेदेखि पुनः सुरु भएको हो ।
क्याम्पसभित्र ६ वटा केन्द्रमार्फत मतदान सुरु भएको निर्वाचन अधिकृत प्रा. डा रामचन्द्र पोखरेलले जानकारी दिए ।
उनका अनुसार ८ बजेदेखि सुरु भएको मतदानको समय ४ बजेसम्म तोकिएको छ ।
यसअघि मतपत्रमा त्रुटि देखिएपछि मतदान स्थगित भएको थियो ।
पृथ्वीनारायण क्याम्पसमा ९ हजार २७० मतदाता रहेका छन् । स्ववीयु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् ।
सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् ।
अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् । स्ववीयु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला