म्याग्दी क्याम्पस निर्वाचन समितिले राति तीन बजे सार्वजनिक गरेको मत परिणाम अनुसार अध्यक्षमा नेविसंघका चोखालले २ सय ८८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका दिनेश खत्रीले १ सय ९२ मत पाए । अखिल क्रान्तिकारीका सन्दीप खत्रीले १ सय ७७ मत पाएका थिए ।
त्यस्तै, सचिवमा अनेरास्ववियुका मन्जुर कटुवालले २ सय ८३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका प्रतिभा बानियाँले २ सय २७ र क्रान्तिकारीका कृष्ण सापकोटाले १ सय ४४ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारीले २ सय ५२ मत पाइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेविसंघकी यशु खत्रीले २ सय ३५ मत र क्रान्तिकारीकी सुप्रेना खत्रीले १ सय ६२ मत पाइन् ।
सदस्यमा प्रत्यक्षतर्फ नेविसंघका विशाल विक, सम्पूर्ण जिसी, अनुपम श्रेष्ठ, ढकबहादुर भण्डारी तथा समानुपातिकतर्फ २ सिट जितेको छ । प्रत्यक्षतर्फ अनेरास्ववियुका अविजित शाही र समानुपातिकतर्फ १ सदस्य जितेको छ । क्रान्तिकारीले समानुपातिकतर्फ सदस्यमा १ सिट जितेको छ ।
म्याग्दी क्याम्पस स्ववियु निर्वाचनमा कुल ८ सय २५ मतदाता मध्ये ६ सय ८६ मत खसेको थियो ।
सम्बन्धित खबर
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित
म्याग्दी बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका क्षेत्री विजयी
म्याग्दीमा रुखबाट खसेर एक जनाको मृत्यु
सडकमार्ग खुलाएर १ दिनको यात्रा अब चार घण्टा
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर