पोखरा । पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीले चुमेको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको फाइनलमा घरेलु टोलि गण्डकीलाई ३७–३२ ले हराउँदै च्याम्पियन भएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनलमा गण्डकीले बिचमा अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । एक समय २७–२५ को अग्रतामा रहेको थियो तर, गण्डकीले लय गुमाउँदा आर्मीले डिफेन्स लाइनलाई बलियो बनाउँदै खेलेपछि विजेता बन्न सफल भयो । आर्मीका लागि निर्मलबाबू श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए ।
उपाधिसंगै आर्मीले नगद एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता गण्डकीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । यस्तै एपीएफ क्लब तेस्रो हुँदै ३० हजार रुपैया प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली घोषित भए । प्रतियोगितामा एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए । उनले प्रतियोगिता अवधिभर कुल ५३ गोल गरे ।
विधागत उत्कृष्ट तिनै जनाले समान पाँच–पाँच हजार रुपैयाँ संगै ट्रफी हात पारे । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राजनितिकर्मीहरुले खेलकुदबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए । खेलाडीहरुले हरेक परिस्थितिमा कसरि खेल्ने र कस्तो खेल्ने भन्ने कुराको प्रदर्शनी संगै धैर्यता राख्ने हुँदा हरेक नेताले उनीहरुबाट ति कुराहरु सिके राजनिति र देश विकासका लागि नयाँपन दिन सक्ने उनको भनाइ थियो ।
मंगलबार नै फाइनल अघि भएको सेमिफाइनल तथा तेस्रो स्थानका खेल भएका थिए । पहिलो सेमीफाइनलमा गण्डकीले एपीएफलाई ४०–३३ र आर्मीले कोशीलाई ५५–३२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै तेस्रो स्थानको खेलमा एपीएफले कोशीलाई ५५–२३ ले हराएको थियो ।
३ गतेदेखी संचालन भएको प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
केपी ओली कप टी २०ः समूह चरण सकियो, अत्तरिया सेमिफाइनलमा
चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता बुधबारदेखि
केपी ओली कप क्रिकेटः अत्तरिया र मालपोखरी विजयी, अत्तरिया शीर्षस्थानमा
केपी ओली कप टि २०: अतरीया र होराइजन बिजयी
पर्वत र आयोजक टोली एलिट बन्यो च्याम्पियन
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु