तनहुँ । तनहुँका चारवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा २ वटा क्याम्पसमा अनेरास्ववियु विजयी हुँदा नेविसंघ र अखिल (क्रान्तिकारी)ले एक/एक क्याम्पसमा विजय हात पारेका छन् ।
मंगलबार सम्पन्न निर्वाचनमा भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा अनेरास्ववियुका विप्लव भण्डारी स्ववियु सभापतिमा विजयी भएका छन् । नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको गठबन्धनलाई हराउँदै भण्डारी सभापतिमा विजयी भएका हुन् ।
क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि भएको मतदानमा २५८ मतमध्ये २४४ मत खस्दा विजयी भण्डारीले १३१ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी अमृत गैह्रेले १०९ मत प्राप्त गरे ।
यस्तै, सचिवमा अनेरास्ववियुका अस्मिता क्षेत्री १२१ मत प्राप्त गरी विजयी भइन् भने प्रतिस्पर्धी नेविसंघकी दीपा रानाले १२० मत प्राप्त गरेकी थिइन् । कोषाध्यक्षमा अनेरास्ववियुका यसुमाया थापा १३२ मत प्राप्त गरी विजयी भएकी छन् भने प्रतिस्पर्धी नेविसंघका कासिका रानाले १०७ मत प्राप्त गरेकी छन् ।
स्ववियु सदस्यहरुमा अनेरास्ववियुका सुजन पौडेल, साविया खातुन मियाँ, विष्णु उच्चै, विनिता रसाइली र ममता सिग्देल विजयी भएका छन् ।
त्यस्तै, शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को गठबन्धन विजयी भएको छ । मतदानबाट स्ववियु सभापतिमा अनेरास्ववियुका मिनबहादुर थापा विजयी भएका हुन् ।
अध्यक्षमा विजयी थापाले १२८ र प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका एजिना महतले १०५ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक निरोज भट्टराईले जानकारी दिए ।
२६८ मतदाता रहेकामा २४१ मत खस्दा सचिवमा अखिल (क्रान्तिकारी) का विनिता भण्डारीले ११६ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी नेविसंघका सुनिल लामिछानेले १०९ मत प्राप्त गरे ।
कोषाध्यक्षमा अनेरास्ववियुका पुष्पा खड्का १४५ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी नेविसंघका रस्मिता कार्कीले ८७ मत प्राप्त गरेकी छन् ।
निर्वाचनबाट सदस्यहरुमा अनेरास्ववियुका अविजित लम्सालले १३३, अञ्जली विकले ११६, अखिल (क्रान्तिकारी)का निराज भण्डारीले ११६, नेपाल विद्यार्थी संघका प्रतिक्षा गिरीले ११३ र नेविसंघका स्वस्तिका सिग्देलले ११२ मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै, विवाद र विरोधका बीच सम्पन्न भएको निर्वाचनबाट व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघको प्यानलै विजयी भएको छ ।
क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि विवाद र विरोधका बीच भएको निर्वाचनबाट अध्यक्षमा अनुप आलेले ५०० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
१ हजार ५७७ मतदातामध्ये ५५५ जनाले मतदान गर्दा सचिवमा सागर पाण्डेले ४७१, कोषाध्यक्षमा निर्वाचित रोशन ओझाले ४७९ मत प्राप्त गरी विजयी भएका छन् ।
क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (समाजवादी) र अखिल (क्रान्तिकारी) बहुमतले भाग लिएका थिएनन् । निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै अनेरास्ववियुले उच्च अदालत पोखरामा रिट दर्ता गरेको छ भने अखिल (क्रान्तिकारी) सहित अन्य विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए ।
चार विद्यार्थी संगठनको बहिष्कारका बीचमा आदिकवि भानुभक्त क्याम्पसमा भएको मतदानमा ३५ प्रतिशत मत खसेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।
यसैगरी, आँवुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल (क्रान्तिकारी)को प्यानलै विजयी भएको छ ।
मतदानबाट स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का निशान मगर ९७ मत प्राप्त गरी विजयी भएका हुन् ।
निर्वाचन अधिकृत दुर्गाबहादुर थापाका अनुसार प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका बोनिस अधिकारीले ६४ मत प्राप्त गरेका छन् भने उम्मेदवारी फिर्ता लिए पनि अनेरास्ववियुका रक्षा पोख्रेलले सात मत प्राप्त गरेकी छन् ।
क्याम्पसको स्ववियु सचिवमा अखिल (क्रान्तिकारी) का गंगाप्रसाद लामिछाने ९२ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका किस्ता श्रेष्ठले ६२ र अनेरास्ववियुका मोनिका खत्रीले १२ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)का करुणा गुरुङ ९० मत प्राप्त गरी विजयी भएकी छन् भने प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका अविनास थापाले ५६ र अनेरास्ववियुका आशिष अधिकारीले १८ मत प्राप्त गरेका छन् । २०५ मतदातामध्ये १७५ जनाले मतदान गरेकामा सदस्यमा मेनुका खत्रीले ९२, सुरे नेपालीले ९२ र विज्ञा राना मगरले ८५ मत प्राप्त गरी विजयी भए ।
सम्बन्धित खबर
भिमादका मंगल गिरीको हत्या गरी फरार रहेका ३ युवक पक्राउ
तनहुँमा जिप र स्कुटर ठोक्किँदा २० वर्षीय युवकको मृत्यु
हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा
बन्दिपुरमा चितुवाको आक्रमणमा परी १० वर्षीया बालिकाको मृत्यु
तनहुँको भुजिकोट गाउँ चिनाउन नयाँ वर्षमा उकालो दौड प्रतियोगिता हुने
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु