तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ मनहरीमा मंगलबार बिहान माइक्रोबस र बस ठोक्किदाँ दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्र्तगत दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र पोखराबाट सुनौली तर्फ जाँदै गरेको लु १ ख ४१९५ नम्बरको बस एक आपसमा ठोक्किदाँ माइक्रोबसमा यात्रारत दुई जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी सिद्धिबिक्रम शाहले जानकारी दिए ।
दुर्घटनामा परी व्यास-११ घर भई हाल व्यास-१ भादगाउँ बस्दै आएकी ३४ वर्षीय सरस्वती कुवाँर र व्यास-४ की ५० वर्षीय चिजामाया श्रेष्ठको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उक्त दुर्घटनामा माइक्रो बसका चालक तुलबहादुर विकसहित ९ जना घाइते भएका छन् । घाइते मध्ये व्यास-२ की ८० वर्षीय बिष्णुकमारी बस्नेतको अवस्था गम्भीर छ ।
घाइतेहरुलाई थप उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा १ जना र मणिपाल अस्पातालमा ८ जनाको उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटना बिहान सवा ६ बजेको समयमा भएको थियो । दुर्घटनामा माइक्रोको अघिल्लो भागमा क्षति ग्रस्त पुगेको छ ।
तस्बिर : बिकास खनाल
सम्बन्धित खबर
पोखराको सहिदचोकमा प्रहरीको पेट्रोल पम्प निर्माण रोक्न अन्तरिम आदेश
पानीले धान भिज्यो, उत्पादन घट्ने
एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने
आँधीखोला बोर्डिङको उद्घोषण, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
रास्वपाको आज पनि पोखरामा विरोध प्रर्दशन
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन