गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो

अपराध

गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो

परम्परा धान्ने नाममा बाजुरामा गौमातामाथि पाप

gaimathi aparadh paapiharur

बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ स्थित कर्णाली नदीमा गत फागुन २९ गते मलामी गएकाहरूले कर्णाली नदी तर्न खोजेको गाई घर फर्किएको छ। गाई स्थानीय साउने सार्कीको घर फर्किएको हो, जसको निधन फागुन २८ गते भएको थियो।

साउने सार्कीको निधनपछि परिवारले उक्त गाई गौदान गरेका थिए। पत्रकारसमेत रहेका स्थानीय धनबहादुर बिसीका अनुसार गाई कर्णाली नदी तर्न नसकेपछि राति नै घर फर्किएको हो।

गाईलाई कर्णाली नदी तर्न प्रहार गरिएको ढुंगा र अन्य असभ्य व्यवहारको आलोचना भएको थियो। गाई केही समय अघि कालिकोटबाट किनेर ल्याइयो र घरमा पालिएको थियो। गाईमाथि अमानवीय, पापी र कष्टपूर्ण हर्कतले स्थानीय समुदायमाथि गम्भीर आलोचना भइरहेको छ ।

घटना के हो ?

साउने सार्कीको शव अन्त्येष्टिका लागि भोलिपल्ट गाउँ नजिकैको कर्णाली नदी किनारको घाटमा लगियो। अन्त्येष्टि सकियो, यही बीचमा मलामी गएकै केही युवाहरू साथमा लगेको गाईलाई नदीमा हेल्न खोजेका थिए।

गहिरो नदीमा हेलिन गाई डरायो तर मलामीमध्ये एक जनाले गाईलाई नदीमा हेल्न धकेले। तैपनि गाई नदीमा पस्न मान्दैन। गाई नदी तर्न खोज्छ पनि तर गहिरो भएकोले सक्दैन। केही पर पुगे पनि किनारामै फर्किन्छ। त्यसपछि गाईमाथि ढुङ्गैढुंगा बर्साइन्छ।

यो भिडिओ पत्रकार बिसीले खिचेका थिए।

कुनै पनि कार्य गर्दा गौदान गर्ने परम्परा छ। बाजुरामा भने फरक र गलत परम्पराले गाईलाई जबरजस्ती नदीमा हेल्ने गरिन्छ। मानिसको मृत्युपछि गाईलाई नदी पार गराए मृत आत्मालाई मोक्ष मिल्छ भन्ने सोच छ। त्यसैका लागि अबोध गाईमाथि कुटपिट गरी नदीमा पठाउने प्रयास भएको थियो ।

पण्डितले पनि दान गरेको गाई लिन मान्दैनन् र अर्कोतर्फ गौदान गरेपछि मात्रै पुन्य मिल्छ भन्ने मान्यता छ । त्यसरी दान गरेको गाई फर्किएर घर पुगे पुन्य प्राप्त हुँदैन भन्ने गलत सोचले गर्दा यो सबै भएको बताइन्छ ।

गाईमाथि कुटपिट गर्दै जबरजस्ती नदी कटाउन खोज्नेहरूको खोजी सुरू भइसकेको प्रहरी बताउँछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ