प्रथम पिङ्क सिटी महोत्सव कप २०८१ को उपाधि गल्याङ नगरपालिकाले जितेको छ । गल्याङले बिरुवा गाउँपालिकालाई ३ – २ को सेटमा २५ – २०, २५ – २१, २१ – २५, १७ – २५ र १५ – ९ अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जितेसङ्गै गल्याङले एक लाख ५५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता बिरुवाले भने शिल्ड, मेडल र प्रमाणपत्रसहित एक लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको हो ।
आइतबार वालिङ् खेलमैदानमा भएको प्रतियोगितामा भीरकोटले वालिङ्लाई ३ – १ को सेटमा पराजित गर्दै तेस्रो बनेको हो । भीरकोटले वालिङ्लाई २५ – १५, २५ – २२, १८ – २५ र २५ – २२ अङ्कले पराजित गरेको हो ।
प्रतियोगितामा तेस्रो बनेको भीरकोटले ५५ हजार र सान्त्वना बनेको वालिङ्ले तीस हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका हुन् ।
प्रतियोगितामा प्रोत्साहन स्वरुप सर्वोत्कृष्ट खेलाडी उमेश सेन्चुरी (गल्याङ) लाई पाँच हजार रुपैयाँ नगद, उत्कृष्ट स्पाइकर धन बहादुर भट्ट (वालिङ्), उत्कृष्ट मिडल ब्लकर याम क्षेत्री (बिरुवा), उत्कृष्ट सर्भर विष्णु बस्नेत (वालिङ्), उत्कृष्ट सेटर सुपेन्द्र परियार (गल्याङ) र उत्कृष्ट डिफेन्डर जीत बहादुर सार्की (भीरकोट) लाई तीन/तीन हजार रुपैयाँ नगदसहित ट्रफीले पुरस्कृत गरिएको खेल संयोजक उमराज गुरुङले बताए ।
वालिङ् चेम्बर अफ कमर्सद्वारा आयोजित प्रथम पिङ्क सिटी महोत्सव वालिङ् २०८१ को अवसरमा स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता वालिङ् खेलमैदानमा सोमबारदेखि सुरु गरिएको थियो ।
प्रतियोगितामा वालिङ्, चापाकोट, गल्याङ, भीरकोट नगरपालिका र बिरुवा, कालीगण्डकी गाउँपालिकाको सहभागिता रहेको थियो । भलिबल प्रतियोगिता राउन्ड रोबिन अनुसार खेलाइएको थियो ।
सम्बन्धित खबर
चुनाव भाँड्न खोज्नेकै माग अनुसार जनप्रिय क्याम्पस प्रशासनले रोक्यो निर्वाचन प्रक्रिया
पोखरा वडा नं. २१ का अध्यक्ष सुवेदीमाथि रड प्रहार, गिरी विरुद्ध प्रहरीमा उजुरी
प्रथम पिङ्क सिटी महोत्सव कपको उपाधि गल्याङलाई
सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा बालसाहित्य पुस्तक वितरण
सहारा युकेका संस्थापक अध्यक्ष गुरुङद्वारा सहयोग हस्तान्तरण
स्ववियू चुनाव: पोखरा नर्सिङ क्याम्पस सभापतिमा रचना पौडेलको उम्मेदवारी
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
होलिल्याण्ड बाराही घाटमा नहुने, नयाँ भेन्यु कोमागाने पार्क तय