सांगीतिक विरासत फर्काउन पोखराबाट सुरु भएको ‘व्याक टु नाइन्टिज’विरासतलाई फर्केर हेर्दा कार्यक्रम प्रथम पिङ्क सिटी महोत्सव वालिङ्मा भव्य रुपमा सम्पन्न भएको छ । पोखराको अपार सफलतापछि देशव्यापी अभियान सुरु गरेको ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन वालिङमा दर्शकको अभूतपूर्व साथ पाउँदै सम्पन्न भएको हो ।
वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा जारी प्रथम पिङ्क सिटी महोत्सवको अवसर पारेर आयोजित ‘व्याक टु नाइन्टिज’मा करीब १० हजार दर्शक सहभागी भए । नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड व्याण्ड वालिङमा गुञ्जिदा दर्शकहरु मन्त्रमुग्ध भए ।
साँझ करीब ५:३० बजेदेखि ‘व्याक टु नाइन्टिज’का कलाकारहरुले स्टेज चढ्न सुरु गरेका थिए । कार्यक्रम सञ्चालक मनकुमार श्रेष्ठले व्याण्डहरुको नाम भन्नेबित्तिकै दर्शकहरुको सहमतिमा हुटिङ आएको थियो । सुरुमा स्टेज चढेका भेगावोण्ड ब्याण्डका श्यामसुङ तामाङलाई दर्शकले न्यानो माया दर्शाएका थिए । प्रस्तुतीको पहिलो गीत ‘जीवन हो घामछायाँ’लाई दर्शकले उनीसँगै गीत गाएर साथ दिए । दोश्रो प्रस्तुतीको रुपमा देउराली व्याण्डका शान्तराज बज्राचार्यले ‘ढुंगेसाँघुको मेलामा’ गाउँदा होस् वा ‘लुकीचोरी’लगायतका आधा दर्जन गीत गाउँदा दर्शक वाईल्ड भइसकेका थिए । तेश्रो प्रस्तुतीका रुपमा ब्रोसिस व्याण्डका प्रकाश रानाले ‘बस सुन्दरी’, ‘चाईना कम्पनी’लगायत गीत गाउँदा दर्शकले भरपुर मनोरञ्जन लिए । चौथो प्रस्तुतीका रुपमा लेकाली व्याण्डका हर्कराज गुरुङ (भाई) र नविन गुरुङले ‘यो मुटुमा’, ‘पहिलो नजर’लगायतका गीतहरु गाउँदा दर्शकको हुटिङ पाए ।

पाँचौ प्रस्तुतीका रुपमा मध्याह्न व्याण्डका कर्णदासले ‘मनमनै मनपराई सकेछु’, ‘जिन्दगीको के भरोसा’लगायतका चर्चित गीतहरु गाउँदा दर्शकहरु नोस्टाल्जिक भएका थिए । छैटौं तथा अन्तिम प्रस्तुतीका रुपमा स्टेज चढेका डि–मर्चा व्याण्डका भाष्करध्वज श्रेष्ठले ‘शिवजीको बस्ती छ’बाट प्रस्तुती सुरु गर्दा दर्शकको अपार माया पाए । त्यसपछि ‘यो डल्लीले हो मानिन जान’, ‘तारा खस्यौली’ ‘झ्याम्म झ्याम्म’लगायतका गीतहरु गाउँदा दर्शकबाट पटक/पटक वान्समोरको हुटिङ गुञ्जिरहेको थियो । जहाँ दर्शकले आफूलाई नब्बेको दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लिएको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले बताए ।
वालिङको कार्यक्रमसँगै ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान सुरु भएको छ । ‘व्याक टु नाइन्टिज’को तेश्रो एडिसनको रुपमा गोरखामा नयाँ वर्ष २०८२ प्रारम्भको अघिल्लो साँझ चैत ३१ गते, लमजुङको बेशीसहरमा नयाँ वर्ष २०८२ को स्वागतार्थ वैशाख १ गते हुने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । त्यसलगत्तै म्याग्दीको बेनी, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, ईलाम, विर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौंलगायतका ठाउँमापनि गर्ने तयारीमा रहेको उनले बताए ।
कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै पर्यटनको राजधानी पोखरालाई रिब्राण्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने, गीत, सङ्गीतमार्फत निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ । अभियानमा पोखरा महानगरपालिका प्रबर्द्धकका रुपमा रहनेछ ।
वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा जारी प्रथम पिङ्क सिटी महोत्सव वालिङ् – २०८१ चैत ३ गतेसम्म चल्नेछ ।
सम्बन्धित खबर
प्रथम पिङ्क सिटी महोत्सव वालिङ्मा ‘व्याक टु नाइन्टिज’ को सेकेण्ड एडिसन सम्पन्न
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ