काठमाडौं । मस्तिष्कघातपछि पक्षघात भएका बिरामीलाई नि:शुल्क उपलब्ध गराइने औषधि नेपाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डाइरेक्ट रिलिफ संस्थाबीच भएको सम्झौताअनुसार औषधि प्राप्त भएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीका अनुसार ८०० भाइल ‘अल्टिप्लेस रिकम्बिनेन्ट २० मिलीग्राम’ औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त भएको छ । यो औषधिले करिब एक वर्षलाई पुग्ने चिकित्सकहरूले बताएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
न्यूरोलोजीका चिकित्सकहरूले दिएको जानकारी अनुसार नेपालमा एक वर्षमा ३०० देखि ४०० को संख्यामा पक्षघातका बिरामी हुने गरेको छन् ।
बुढाथोकीका अनुसार यो औषधि कुन–कुन अस्पतालमार्फत कसरी वितरण गर्ने भनेर मन्त्रालयले औषधि वितरण योजना बनाउँदैछ ।
स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र उपचारात्मक महाशाखालाई समन्वय गरी योजना बनाउन स्वास्थ्य मन्त्रालयले निर्देशक दिएको छ । उनीहरुले वितरण योजना बनाएर मन्त्रालय पठाएपछि सोही अनुसार औषधि बिरामीलाई दिइने बुढाथोकीले बताए ।
पक्षघातको औषधि निशुल्क उपलब्ध गराउने विषयमा ६ हप्ता पहिला अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र स्वास्थ्य मन्त्रालयबीच सम्झौता भएको थियो ।
सम्बन्धित खबर
पुरानै तथ्य र प्रमाणको आधारमा दरबार हत्याकाण्डबारे मैले टिप्पणी गरेको हुँ: प्रचण्ड
पक्षघातका बिरामीलाई दिइने निःशुल्क औषधि नेपाल आइपुग्यो, एक वर्षलाई पुग्ने
माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
पूर्वराजा ज्ञानेन्द्र लक्षित प्रचण्डको गम्भीर आरोप: मूर्ति चोर, भाइमारा, सुन तस्कर को हो ?
नेपालको रैथाने भोटे कुकुरले पायो अन्तर्राष्ट्रिय मान्यता
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ