पोखरा । वैदेशीक रोजगारमा गएका अधिकांश युवाहरुमा निसन्तानको समस्या रहेको एक अनुसन्धानले देखाएको छ ।
करिब ४६ प्रतिशत युवाहरुमा यो समस्या रहेको र विशेष गरी खाडी मुलुकमा रहेका युवाहरुमा त्यस्तो समस्या आएको मेडिकल क्षेत्रका विज्ञहरुको भनाई छ ।
त्यसैगरी कुल प्रजनन दर भएका दम्पती मध्ये नेपालमा अन्दाजी १५ प्रतिशत निसन्तानपनको समस्या रहेको पाइएको छ । यसको प्रतिशत बढन सक्ने सम्भावना दिनप्रतिदिन बढ्दो छ । यसको मुख्य कारणमा युवाहरुमा पढाई पूरा गर्ने, भविष्य निर्माण गर्ने र पैसा कमाउने साथै ढिलो बिबाह गर्ने रहेको छ, जसले गर्दा युवामा प्रजनन क्षमतामा कमी आई सकेको हुन्छ ।
पोखरामा दश बर्ष अगाडि स्थापना भएको सहारा अन्तराष्ट्रिय फर्टीलिटी सेन्टरको उपचारमा आएका युवाहरुमा सो समस्या देखा परेको जानकारी दिएको छ ।
निसन्तान दम्पतीहरुका लागि संचालित यस सेन्टरले ४६ प्रतिशत युवाहरुका लागि सम्बन्धित सरोकार निकायबाट सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिंदै आएको छ ।
यही समस्या सम्बोधनसँगै फर्टीलिटी सेन्टरले शनिबार पोखरामा आफ्नो दशौँ बार्षिकोत्सव भव्यताका साथ मनाउने जमार्को गरेको छ ।
निसन्तान दम्पतीहरुका लागि प्राकृतिक, कृतिम गर्भाधान र टेप्टयूब बेबी तरिकाबाट ३५ सय जोडीले सेवा लिएको सेन्टरका अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रजनन रोग विशेषज्ञ डा. गिरीधारी शर्माले बताए। जसबाट अन्दाजी एक हजार सन्तान प्राप्ति भएको अनुसन्धानबाट देखाएको उनले बताए।
सेन्टरले वार्षिकोत्सवको अवसरमा चैत ५ गतेसम्म बाँझोपन भएका जोडीहरुलाई विशेष छुट र सेवाहरु उपलब्ध गराएको छ। जसमा निशुल्क ओपीडी तथा परामर्श सेवा, निशुल्क भिडियो एक्स–रे, आईभिएफ प्याकेजमा विशेष छुट सहित विभिन्न सेवाहरु प्रदान गरिरहेको डा. शर्माले बताए।
हाल पोखरामा ४ वटा यस्ता फर्टीलिटी सेन्टर संचालनमा छन् भने २ वटा अरु सन्चालनमा आउने क्रममा रहेको साहारा इन्टरनेशनल फर्टीलिटी सेन्टरका संचालक एवं निसन्तानपन विज्ञ डा। गिरीधारी शर्माले जानकारी दिए। उनले नेपालमा यस्ता सेन्टर पचास भन्दा बढी सन्चालनमा रहेको भन्दै भारतमा २० हजार भन्दा बढी यस्ता सेन्टरहरु रहेको उल्लेख गरे।
टेप्टयूब बेबी के हो ?
बिज्ञानको चमत्कारबाट एउटा शुक्रकिट र अण्डा शरीरभन्दा बाहिरै मिलाउन सकेमा बाहिरै बच्चा बनाई महिलाको पाठेघरमा राखी गर्भाधारण गराई, पाठेघरमै हुर्काई जन्म गराईन्छ । जसलाई टेप्टयूब बेबी भनिन्छ ।
५० माईक्रोनको शुक्रकीट १०० माईक्रोनको अण्डा भित्र छिराई पनि सेचन गराउन सकिन्छ । यदी शुक्रकिट र अण्डा सेचन गर्ने अनुकुल नभएमा शुक्रकिट, र अण्डा लाई – १९६ डीगी सेन्टीग्रेड Liquid Nitrogen को चिसो मा राखी भविष्यमा प्रयोग गर्न पनि सकिन्छ ।
साथै बनेको Embryo लाई पनि यसरीनै चिसोमा राखी भविष्यमा प्रयोगमा ल्याउन सकिन्छ ।
रोजगारीको लागी युबाहरुलाई बिदेश जानु अगाडी आफनो विर्यलाई फीजीक गरी जानुहुनको लागी सचेतना मुलक कार्यक्रम गर्नु आबश्यक महशुस भएको बताउदै उनीहरुको प्रजनन क्षमताको सुरक्षा गर्न सकिने डा. शर्माको भनाई थियो ।
यस अन्तराष्ट्रीय फर्टीलिटी सेन्टरहरु सङ्घ प्रतिस्पर्धा र सोहि स्तरमा पुग्नको लागी जि ग्रेड ए प्रयोगशालाको स्थापना, Pregenetic diagnosis, pregenetic screening, embryo biopsy, enhancing the culture condition of lab, time-lapse technology, Assisted Hatching (mechanical and lazer), use of Artificial Intelligence to select the best embryo रहेको छ । जसले गर्दा यो प्रविधिको सफलतको दरमा वृद्धी हुने सेन्टरले जनाएको छ ।
सम्बन्धित खबर
शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट
नेकपा एमाले पोखरा १७ ले सुरु गर्यो जरा अभियान
वैदेशिक रोजगारीमा गएका अधिकांश युवाहरूमा निसन्तानको समस्या
पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसको स्ववियु नेतृत्व लिन क्रान्तिकारीका आदर्शको टीम मैदानमा
डब्लूआरसी स्ववियु निर्वाचनः अनेरास्ववियुका अनुप नेतृत्वको टीम मैदानमा
वर पिपल चौतारी संरक्षण गर्दै पोखरा लामाचौरका आचार्य परिवार
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ