पोखरा । दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत शुक्रबार सय मिटर खुला महिला ‘स्लो’ स्कुटर रेस प्रतियोगिता सञ्चालन भयो । ‘स्लो’ स्कुटर रेस प्रतियोगितामा लिला कुमारी चोचाङ्गी पुर्जा ४ मिनेट २ दशमलव १८ सेकेन्डमा दूरी पुरा गर्दै प्रथम भएको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए । उनले १९ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारिन् ।
यसैगरी ३ मिनेट २४ दशमलव ६८ सेकेन्डमा दूरी पुरा गर्दै सन्जु लामिछाने द्वितीय बनिन् । कुल ४२ जनाले भाग लिएकोमा नबौँ स्थानसम्म आउनलाई पुरस्कार प्रदान गरिएको छ । जस अनुसार माया बूढा तृतीय, मन कुमारी बूढा सान्त्वना भए । लुकु पुन, सुस्मिता लामिछाने, सिमा गुरुङ, मेघा गुरुङ र गीता विमली समेत उत्कृष्ट ९ जना भित्र परेर पुरस्कार जित्न सफल बने । शुक्रबारका खेल प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल बैरागीले शुभारम्भ गरेका थिए ।
शुक्रबार नै राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता समेत सञ्चालन भएको थियो । कुल १४ टिमले सहभागिता जनाएको यो प्रतियोगितामा आयोजक सूर्य तारा क्लब र दिदी बहिनी आमा समुह फाइनलमा पुगेका छन् । डोरी तान प्रतियोगिताको फाइनल शनिबार हुनेछ । डोरीतानमा प्रथम हुनेले ३३ हजार ३ सय ३३ र द्वितीय हुनेले २२ हजार २ सय २२ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पार्नेछन् । लालिगुराँस आमा समुह पोखरा ३० र बाग्लुङ समाज पोखरा २९ बीच तेस्रो हुने प्रतिस्पर्धा समेत शनिबार हुनेछ । तेस्रो हुने समुहले ११ हजार १ सय ११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
खेल महोत्सव अन्तरगत दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र गन्नी फुटबल क्लब भिड्ने भएका छन् । फुटबल तर्फको फाइनल खेल शनिबार दिउँसो १ बजे हुने सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिए । पुनका अनुसार शनिबार नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा समापन समारोह हुनेछ । फुटबल प्रतियोगितामा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ । द्वितीय हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले जनाए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
खेल महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश रहेको थियो।
प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवद्र्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेको जनपरिचालन उपसमिति संयोजक समेत रहेका महासङ्घ कास्की अध्यक्ष अधिकारीले बताए । सूर्य तारा क्लब र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा पोखरा २९ स्थित प्रस्तावित लेखनाथ रङ्गशालामा यो खेल महोत्सव भैरहेको छ ।
सम्बन्धित खबर
प्रथम पिङ्क सिटी महोत्सव कप: उपाधिका लागि गल्याङ र बिरुवा भिड्ने
‘स्लो’ स्कुटर रेसमा लिला प्रथम, डोरीतानमा सूर्यतारा र दिदीबहिनी फाइनलमा
प्रथम पिङ्क सिटी महोत्सव कप: शीर्ष चार टोलि सेमिफाइनलमा
आर्वामा प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिता सुरु
पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताको तयारी
आयोजक सूर्य तारा नेकोस कपको फाइनलमा प्रवेश, बिहीबार गन्नी र एलसी भिड्ने
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ