रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु

रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु

mrita fela

दैलेख । दैलेखमा रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान भैरवी गाउँपालिका–५, ढाडगाउँस्थित सियाला सामुदायिक वनमा दाउरा काट्न गएका ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाहीको रुखले च्यापिएर मृत्यु भएको हो ।

वार्षिक पुन्य तिथिका लागि दाउरा काट्न गएका उनीहरूको रुख ढाल्ने क्रममा चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार सल्लाको रुख ढाल्ने क्रममा घाइते भएका उनीहरूलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ