पोखरा। प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिवल प्रतियोगिता, पोखरा १३ आर्वामा सुरु भएको छ ।
फागुन २९ देखी चैत दुई गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमले भाग लिएका छन् । प्रतियोगितामा विजेताले नगद ४० हजार तथा उपविजेताले २५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी आयोजक समितिका संयोजक रामप्रसाद बरालले जानकारी दिए ।
प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट डिफेन्स वेष्ट स्पाईकर तथा वेष्ट सेटरलाई पनि नगद , शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अमरज्योति आधारभुत विद्यालय पोखरा १३ आर्वाको खेलमैदानमा सञ्चालित भलिबल प्रतियोगितामा वडा नं. १३ लगायत छिमेकी वडा तथा गाउँ पालिकाहरूबाट खेलाडी समूहहरुले सहभागिता जनाएको खेल संयोजक अमृत परियारले बताए । टोल विकास संस्था सहित स्थानिय भलिबल खेलाडीहरुको संयुक्त पहलमा यस प्रकारको भलिबल प्रतियोगिता संभवतः आर्वामा पहिलो पटक आयोजना गरिएको हो ।
राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागि खेलकुदू भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताबाट पुराना भलिवल खेलाडीलाई सम्मान हुने तथा नयाँ पुस्तालाई खेल प्रति उत्साह र आकर्षण जगाउने उद्देश्यले खेल सञ्चालन गरिएको खेल संयोजक श्रीराम अधिकारी बताउँछन् ।

स्थानिय संघ संस्था तथा बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुबाट आर्थिक सहयोग जुटाएर प्रतियोगिता सञ्चालन गरिएको बताईन्छ । प्रतियोगिताबाट बचत रकम स्थानिय शिक्षा स्वास्थ्य तथा खेलकुदका क्षेत्रमा खर्च गरिने प्रतियोगिताका आर्थिक संयोजक लक्ष्मण बरालले बताए ।
यसैबीच प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिका वडान १३ का वडा अध्यक्ष किरण बरालले गरेका थिए । सो अवसरमा वडा अध्यक्ष बरालले, यस प्रकारको खेल स्थानिय स्तरबाट आयोजना हुनु भनेको आफैंमा असाध्यै खुशीको कुरा हो भन्दै वडाबाट आगामी वर्षहरुमा आर्थिक सहयोग गर्दै खेलकुद प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले खेल क्षेत्रको विकाशमा आफु लागि परेको र खेलाडी उत्पादनमा पनि यस्ता प्रतियोगीताले ठूलो सघाउ पुऱ्याउने भनाई राखेका थिए ।
अमलाचौर चापडाँडा टोल विकाश संस्थाका अध्यक्ष ईन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पत्रकार श्रीराम सिग्देल, भूतपूर्व भलिबल खेलाडी दोजराज बराल, अमरज्योति आधारभुत विद्यालयका प्रअ बिमल बहादुर बराल, सूर्योदय आमा समुहकी अध्यक्ष तारादेबी बराल, नमुना प्राङ्गारिक कृषी सहकारीका अध्यक्ष टेकनाथ बराल, नागेश्वर महादेव मन्दिर व्यस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद बराल, नबदुर्गा युवा क्लबका अध्यक्ष मनोज बराल, आशिर्वाद क्लबका संस्थापक अध्यक्ष बिक्रम बराल तथा कार्यक्रम संयोजक देबेन्द्र बराल लगायतले भलिबल प्रतियोगिता सञ्चालन र यसको उदेश्य महत्व लगायतका विविध विषयमा आआफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा चर्चित गायक जेनिश क्षेत्रीले गीत प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जक बनाए ।
सम्बन्धित खबर
आर्वामा प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिता सुरु
पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताको तयारी
आयोजक सूर्य तारा नेकोस कपको फाइनलमा प्रवेश, बिहीबार गन्नी र एलसी भिड्ने
प्रदेश खेलकुद परिषद गण्डकीले थाल्यो दशौं राष्ट्रिय खेलकुदको तयारी
पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल चैत्र ३ गते देखि
पोखरा महानगरपालिका टि– २० क्रिकेट प्रतियोगिताको उपाधि लेखनाथ यूथ क्रिकेट क्लवलाई
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग