गोरखा । हरेक वर्ष हुँदै आएकोे ऐतिहासिक लिगलिगे दौड यस वर्ष पनि हुने भएको छ । आगामी अशोज २८ हुने दौडको तयारी तिब्र पारिएको छ । ‘तयारी तिब्र रुपमाा भइरहेको छ’ लिगलिकोट बिकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले भने ‘लिगलिगकोटको ऐतिहासिक पहिचान जोगाउन हामी लागि परेका छौ ।’
गोरखा राज्यको उत्पत्ति भएको स्थान लिगलिगेकोट दौड जितेर राजा भएको परम्परालाई बचाइराख्न लिगलिगकोट बिकास अभियानले विगत ९ वर्ष देखि दौड प्रतियोगिता गर्दै आएको छ । यसवर्ष दौडको पुरस्कार राशी पनि बढाइएको छ । दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचको साथमा ६० हजार १ सय रुपैयाँ पुरस्कार दिईने आयोजकले जनाएको छ ।
प्रतियोगितामा दोस्रो हुनेलाई नगद ३५ हजार १ सय, तेस्रो हुनेलाई २५ हजार एक सय, चौँथोलाई १२ हजार एकसय, पाँचौँ हुनेलाई ७ हजार एकसय, मेडल प्रमाण पत्र पुरस्कार दिईने आयोजक समितिका अध्यक्ष रानाले दिए । ‘यसवर्ष देखि पुरस्कार र विद्या पनि बढाएका छौ’ उनले भने ‘अहिलेबाट बालबालिकाहरुको इभेन्ट पनि थपिएको छ ।’ यो विद्यामा १० औ हुने सम्मका लागि क्रमश पुरस्कारको व्यवस्था गरिएको छ ।
चेपे र मस्र्यादी नदिको दोभान चेपेघाट बाट सुरु हुने दौड ठाँटीपोखरी, बडडाँडा, सभाचौतारा, बिजुलेडाडाँ, खोल्डीगाउँ हुँदै नेपालको ऐतिहासिक स्थल लिगलिगकोटको कोटगढीमा पुगेर सकिने आयोजकले बताएको छ । १३ किलोमिटरको उक्त दौड पुरा गरेर जो पहिले पुग्छ उसलाई पहिलो पुरस्कारको साथमा राजा घोषणा हुँदै श्रीपेच पहि¥याइने रानाले बताए ।
बडडाँडाबाट कोटगडी सम्मको ५ किलो मिटर महिला खुल्ला दौडमा प्रयोगिता पनि सञ्चालन हुने अध्यक्ष रानाको भनाई छ । उक्त प्रतियोगितामा पहिलो हुनेले २० हजार ५, दोश्रो हुनेले १२ हजार ५, तेश्रो हुनेले ७ हजार ५ रुपयाँका साथमा मेडल र प्रमाणपत्र पाउने छन् । १३ किलोमिटर दुरीको उक्त दौडमा खुल्लासँगै लिगलिगबासीको छुट्टै प्रतिस्पर्धा हुनेछ । जसमा साबिकको सातसय लिगलिग भित्रका धावकहरुले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त विद्यामा पहिलो हुनेले २० हजार ५, दोश्रो हुनेले १२ हजार ५, तेश्रो हुनेले ७ हजार ५ रुपयाँका साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।
यसैगरी यस वर्ष देखि थप भएको १५ देखि १८ वर्ष सम्मका बालबालिकाहरुको लागि ३ किलोमिटरको दौड गरिने आयोजकले बताएको छ । उक्त प्रतियोगितामा पहिलो हुने ५ हजार १, दोश्रो हुनेले ३ हजार १, तेश्राो हुनेले २ हजार १ रुपयाँ मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले बताएको छ ।
बिसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको दौड विगत नौ वर्ष देखि स्थानिय युवाहरुको पहलमा हरेक वर्ष सञ्चालन हुँदै आएको हो । सुरुमा केही स्थानीयको पहलमा सुरु भएको लिगलिगे दौडले राष्ट्रिय मान्यता समेत हासिल गरेको छ । ‘राष्ट्रिय खेलकुद बिकास समिति, पर्यटन बोर्ड, पालुंटार नगरपालिका लगायतले सहयोग गर्दै आउनुभएको छ’ अध्यक्ष रानाले भने ‘यतिले नपुगे चन्दा संकलन गरेर पनि प्रतियोगिता गर्दै आइरहेका छौ ।’ नौ वर्ष देखि निरन्तर प्रतियोगिता गर्नाले आन्तरिक खेलकुद प्रवद्र्धनमा मद्दत पुग्नुका साथै लिगलिगकोटको प्रचारप्रसारमा समेत सहयोग पुगेको आयोजकको दाबी छ । अशोज २८ दौड सँगै विविद्य सास्कृतिक कार्यक्रम समेत हुने बताईएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा महिलालाई नि:शुल्क लोकसेवा तयारी कक्षा
स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट
गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा, स्वास्थ्यमन्त्री पाठकद्वारा शुभारम्भ
खुल्ला भजन चुड्का प्रतियोगिता हुने
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
स्याङ्जामा सवारी दुर्घटना घट्दै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम