पद्मकन्या क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित

पद्मकन्या क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित

padma-kanya

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ । तर काठमाडौं उपत्यकाका अधिकांश ठूला क्याम्पसहरूमा निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन ।

बागबजारस्थित पद्मकन्या क्याम्पसमा अनेरास्ववियु लगायत विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

निर्वाचन मण्डलले मनोमानी ढङ्गले सर्वदलीय बैठक नै नराखी र निर्वाचन अधिकृतको अनुपस्थितिमै निर्वाचन कार्यक्रम अघि बढाएकाले तालाबन्दी गर्नुपरेको अनेरास्ववियुकी नेत्री शोभा सापकोटाले बताइन् । निर्वाचन समितिको कार्यालयमा तालाबन्दी हुँदा समेत सहमति विना मनोनयन पत्र बाँडिएको उनको आरोप छ ।

उनले बिदाको दिन नोमिनेसन राखेर जबरजस्ती एकलौटी तरिकाले निर्वाचन गर्न खोजिएकाले तालाबन्दी गरिएको बताइन् । माग पूरा नभएसम्म ताला नखोल्ने उनको भनाइ छ ।

यसैबीच पद्मकन्या क्याम्पसमा गएराति होस्टेलका विद्यार्थीहरूलाई एउटा समूहले लगेको र अवस्था अज्ञात नै रहेको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ