पोखरा । सूर्यतारा क्लब नेकोस कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा जारी दोस्रो सूर्य तारा खेल महोत्सव अन्तर्गतको बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विष्णु पादुका क्लब हेम्जालाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक क्लब फाइनलमा पुग्न सफल भएको हो । खेलको २ मिनेटमै सिमन तामाङले गोल गर्दै सूर्यतारालाई अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा रोशन नेपालीले गोल गर्दै खेल २–० को अवस्थामा पु¥याए । त्यसपछि दुवैतर्फबाट थप गोल हुन सकेन र खेल सूर्यताराले २–० जित्दै फाइनल यात्रा तय ग¥यो । खेलमा म्यान अफ दि म्याच सूर्य तारा क्लबका प्रसन्न श्रेष्ठ बन्न सफल बने । पहिलो सेमिफाइनल खेलको प्रमुख अतिथिमा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा रहेका थिए ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ । बिहीबार फाइनल प्रवेशको लागि गन्नी फुटबल क्लब र डिफेन्डिङ च्याम्पियन एल सी ब्रदर्श युनाइटेडबीच दिउँसो १ बजे प्रतिष्पर्धा हुने सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिए ।
फाइनल खेल चैत्र २ गते हुनेछ । फुटबल प्रतियोगितामा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ। द्वितीय हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले जनाए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
खेल महोत्सवमा फुटबलका अलावा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश रहेको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवद्र्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेको जनपरिचालन उपसमिति संयोजक समेत रहेका महासङ्घ कास्की अध्यक्ष अधिकारीले बताए । सूर्य तारा क्लब र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा पोखरा २९ स्थित प्रस्तावित लेखनाथ रङ्गशालामा यो खेल महोत्सव भैरहेको छ ।
सम्बन्धित खबर
आयोजक सूर्य तारा नेकोस कपको फाइनलमा प्रवेश, बिहीबार गन्नी र एलसी भिड्ने
प्रदेश खेलकुद परिषद गण्डकीले थाल्यो दशौं राष्ट्रिय खेलकुदको तयारी
पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल चैत्र ३ गते देखि
पोखरा महानगरपालिका टि– २० क्रिकेट प्रतियोगिताको उपाधि लेखनाथ यूथ क्रिकेट क्लवलाई
प्रथम पिङ्क सिटी महोत्सव कप सुरु, वालिङ्को विजयी सुरुवात
पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि लेखनाथ र माछापुच्छ्रे क्रिकेट क्लव भिड्ने
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग