गण्डकी– पोखराका पर्यटक पथप्रदर्शकले पोखरा महानगरपालिका–१७ रातो पहिरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मङ्गलबार सङ्ग्रहालयका पदाधिकारीसहित सरोकार भएका पक्षबीचको छलफलमा सङ्ग्रहालयलाई पोखरा भ्रमणको मुख्य गन्तव्यमा समेट्नु पर्नेमा जोड दिइएको हो ।
पोखरा सिटी टुर गाइड एशोसियसनमा आबद्ध पथप्रदर्शक सहभागी कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय सङ्ग्रहालय पोखराको आकर्षक मानवनिर्मित पर्यटकीय गन्तव्य भएको बताए ।
उनले पर्वतीय सङ्ग्रहालयको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले सघाउने प्रतिबद्धता व्यक्त गरे । पोखरा सिटी टुर गाइड एशोसिएसनका अध्यक्ष आनन्द गुरुङले सङ्ग्रहालयका पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

सङ्ग्रहालय समिति सदस्य शेषकान्त शर्माले पोखरा आउने पर्यटकको रोजाइमा पर्वतीय सङ्ग्रहालय पर्ने गरेको बताए । कार्यक्रममा पोखराको पर्यटन विकास र यस क्षेत्रका सम्पदाबारे प्रस्तुतीकरण राखिएको थियो ।
सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले स्थानीय पथप्रदर्शकलाई सङ्ग्रहालयबारे जानकारी दिन र भावी रणनीति बनाउन कार्यक्रम राखिएको बताइन् । रासस
सम्बन्धित खबर
पर्वतीय सङ्ग्रहालयलाई पोखरा भ्रमणको मुख्य गन्तव्यमा समेट्नुपर्नेमा जोड
“जाउँ है पोखरा” अभियानको अन्तरक्रिया बर्दिबासमा
कोशी प्रदेशमा पोखराको पर्यटन प्रवर्द्धन
चैत तेस्रो सातादेखि पोखराबाट ल्हासामा नियमित उडान हुँदै
आपसी सहकार्यमा जनकपुर र पोखराका व्यवसायीको जोड
डेभिज फल्स पोखरा महानगरले नै चलाउने
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग