नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा

प्रदूषण

नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा

पहिलो स्थानमा भारत

Kathmandu bayu pradushan

काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो ।

स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा छ । पहिलो स्थानमा भारत छ ।

वातावरण विभागका अनुसार आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब छ । त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको छ । त्यसपछि कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैंसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको छ ।

यसैगरी चितवनको भरतपुर र धनकुटाको वायुको गुणस्तर पनि अति खराब स्तरमा छ । अहिले काभ्रेको धुलिखेल, इलाम र बाँकेको नेपालगञ्ज क्षेत्रको हावाको गुणस्तर पनि खराब स्तरमा रहेको विभागको वेबसाइटमा देखिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ