अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ठूलो आङ्गिक क्याम्पस पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा विष्णु पोखरेललाई अध्यक्षको उम्मेद्वार बनाएको छ ।
विष्णुको नेतृत्वमा अनेरास्ववियुले पदाधिकारी र सदस्य गरेर प्रत्यक्ष लड्ने ११ जनाको टिम तयार गरेको हो । सचिवमा विराट दुवाडी, कोषाध्यक्षमा सन्दिका गुरूङ उम्मेद्वार बनेका छन् । सदस्यमा एलिशा भट्टराई, सुशील अधिकारी, विशाल लम्साल, प्रचण्ड शक्ति गुरूङ, वृषभ चालिसे, अनुजराज अधिकारी, जमुना शर्मा, सुजन शर्मा सापकोटा अनेरास्ववियुका उम्मेद्वार हुन् ।
संगठनले समानुपातिक उम्मेद्वारको नाम पनि बुझाएको छ । अनेरास्ववियु गण्डकी प्रदेश कोषाध्यक्ष विक्रम क्षेत्रीको नाम पहिलो नम्बरमा राखेर संगठनले समानुपातिक सूची बुझाएको हो । २१ सदस्यीय बन्ने स्ववियुको समितिमा १० जना समानुपातिकबाट निर्वाचित हुन्छन् । समानुपातिक सदस्य निर्वाचित भएकामध्ये एक जना उपाध्यक्ष र एक जना सहायक सचिव बन्छन् ।
को हुन् विष्णु ?
विष्णु २०५४ साल फागुन १४ मा माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा जन्मिएका हुन् ।
उनले घाचोककै बालकल्याण प्रा.वि.मा कक्षा ५ सम्म अध्ययन गरे । कक्षा ६ देखि १० सम्म घाचोककै शुक्लागण्डकी मा.वि.मा पढे । कक्षा ८ मा पढ्दा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीमा जोडिएका हुन् । कक्षा ११ पढ्न उनी पोखरा आए । उनले राष्ट्रिय माविबाट कक्षा १२ उत्तीर्ण गरे ।
विष्णु २०७२ सालमा पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । पृथ्वीनारायण क्याम्पस विद्यार्थी राजनीतिका लागि उर्वर भूमि मानिन्छ । मानविकी संकायतर्फ राजनीतिशास्त्र र ग्रामीण विकास अध्ययनको क्रममा उनी प्रथम वर्षमा कक्षा कमिटी उपाध्यक्ष बनेका थिए । त्यसपछि उनी अनेरास्ववियुको राजनीतिमा निरन्तर सक्रिय छन् । विष्णु हाल पृथ्वीनारायण क्याम्पसमै इतिहासमा स्नातकोत्तर गरिरहेका छन् ।
२०७३ सालको स्ववियु निर्वाचनमा सरिता पुरी नेतृत्वको अनेरास्ववियु प्यानलबाट विष्णु सदस्य पदका उम्मेद्वार थिए । २०७७ साल माघ ९ गते उनी अनेरास्ववियु क्याम्पस कमिटी संयोजक बने । २०७८ साल पुस १४ गते क्याम्पस कमिटी अध्यक्ष भए । २०७९ साल फागुनमा भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय कमिटी सदस्य निर्वाचित भए ।
विद्यार्थीका मुद्दा स्थापित गर्न र विद्यार्थी राजनीतिमा विष्णु निरन्तर सक्रिय छन् । उनी अनेरास्ववियुमा लाग्दा भारतले नेपालमा नाकाबन्दी गरेको थियो । नाकाबन्दीविरुद्धको आन्दोलनदेखि कोभिड–१९ को समयमा विद्यार्थीले खोप लगाउनुपर्छ भन्ने मागमा पनि उनी सक्रिय रहे । त्यतिमात्र होइन शिक्षा संकायको कक्षा मर्ज गरेर दिउँसोमा मात्र पढाउने भन्ने विषयको पनि उनी क्याम्पस कमिटीको नेतृत्वमा रहँदा अनेरास्ववियुले निकै विरोध ग¥यो । ‘मध्यमवर्गीय विद्यार्थीले बिहान पढेर, दिउँसो काम गरेर आफ्नो जीवन चलाउन पाउनुपर्छ भन्ने आन्दोलन हामीले ग¥यौं । डेढ वर्ष लामो आन्दोलनपछि हामी सफल भयौं,’ विष्णुले सुनाए ।
कोरोना महामारीको समयमा क्याम्पसमा प्रवेश पत्रको आधारमा खोप लगाउने कुरा भएको थियो । तर, अनेरास्ववियुको पहलपछि पहिलो चरणमा परीक्षा तालिका सार्वजनिक भएका विद्यार्थीलाई, दोस्रो चरणमा परीक्षा फारम भरेका, तेस्रो चरणमास अन्य विद्यार्थीलाई खोप लगाउनुपर्छ भनेर प्रशासन र स्वास्थ्य कार्यालयसँग माग गरेको थियो ।
पृथ्वीनारायण क्याम्पस वरपरका ग्रामीण भेगबाट आउने विद्यार्थीलाई घरबाटै आउने–जाने व्यवस्था गर्ने विष्णुको पहल सफल भएको थियो । यसको सुरुआत उनले आफ्नै गृहपालिकाबाट गरेका थिए । ‘घरकै मीठोमसिनो, आँटोपीठो खाएर पढ्न पाउनुपर्छ भनेर हामीले बिहानमा बस पनि सञ्चालन गर्न सफल भयौं । माछापुच्छ«े गाउँपालिकासँग समन्वय गरेर बस पनि चलायौं,’ विष्णुले भने, ‘अहिले पनि त्यो बस चल्छ । अब अरु ठाउँबाट कसरी गर्न सकिन्छ भन्ने म स्ववियुमा निर्वाचित भएपछि पहल गर्छु ।’
२०७९ सालमा गण्डकी प्रदेश सरकारले आफन्त र पार्टीका नेताको नामको ट्रष्टमा बजेट विनियोजन गरेको थियो । त्यतिबेला अनेरास्ववियुले प्रदेश सभा परिसरमा आन्दोलन गरेर एक रुपैयाँ संकलन अभियान चलाएको थियो । यो समयमा पृथ्वीनारायण क्याम्पसको होस्टल निर्माण गर्न बजेट चाहिएकाले ट्रष्टको बजेट खारेज हुनुपर्ने विषय अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले उठाएका थियो ।
पृथ्वीनारायण क्याम्पसमा आफ्नो निरन्तर सक्रियता र अनेरास्ववियुको गतिविधि आफ्नो जितको प्रमुख आधार भएको विष्णुले बताए । विद्यार्थीहरूले चुनावको समयमा मात्र सक्रिय हुनेभन्दा पनि अरू समयमा कुन संगठनको उपस्थिति छ भन्ने हेर्नुपर्ने उनको भनाइ छ ।
विष्णु विद्यार्थी संगठनबाहेक सामाजिक संस्था र अभियानमा पनि आबद्ध छन् । २०७१ सालमा समुन्नति युवा क्लब घाचोकको अध्यक्ष बनेर ‘प्लाष्टिकजन्य फोहोरमुक्त घाचोक अभियान’ चलाएका थिए । त्यस्तै परिवर्तनका लागि युवा सञ्जाल नेपाल नामक संस्थामा घाचोकलाई दूध र बदामको विशेष क्षेत्र बनाउन पहल गरेका थिए ।
सम्बन्धित खबर
होलिल्याण्ड बाराही घाटमा नहुने, नयाँ भेन्यु कोमागाने पार्क तय
धवलागिरी क्याम्पस स्ववियु निर्वाचन: नेविसंघबाट सृष्टि आचार्यको उम्मेदवारी
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
रुपाले स्थापना दिवस मनायो, विभिन्न व्यक्तित्व ‘रूपा रत्न’ बाट सम्मानित
नवग्रह मन्दिरमा उठ्यो ७७ लाख बढी भेटी
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग