रुपाले स्थापना दिवस मनायो, विभिन्न व्यक्तित्व ‘रूपा रत्न’ बाट सम्मानित

सम्मान

रुपाले स्थापना दिवस मनायो, विभिन्न व्यक्तित्व ‘रूपा रत्न’ बाट सम्मानित

पुरुष भलिबलमा वडा नम्बर ६ विजेता

rupa samman

पोखरा । कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ।

गाउँपालिकाको भिरकोट खेलमैदानमा आयोजित कार्यक्रममा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, झाँकी प्रदर्शन, कृषि तथा जैविक विविधता प्रदर्शनी आयोजना गरियो। कार्यक्रममा महको चाका खाने कार्यक्रम, स्थानीय रैथाने बाली तथा बाख्राको प्रदर्शनी समेत गरिएको थियो।

पुरुष भलिबलमा वडा नम्बर ६ विजेता बन्दै ७७ हजार रुपैयाँसहित उपाधि जित्यो। उपविजेता वडा नम्बर ७ ले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्‍यो।

गाउँपालिकाको समृद्धिमा योगदान पुर्‍याउने सामाजिक व्यक्तित्व, विद्यावारिधि तथा एमडी उपाधि प्राप्त विभिन्न व्यक्तिहरूलाई ‘रुपा रत्न’ सम्मान प्रदान गरिएको थियो।

सम्मानित हुनेहरूमा डा. दिनेश न्यौपाने, कृष्ण पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनी, सहप्राध्यापक कमला रानामगर, सुर्यप्रसाद तिमिल्सिना, नरहरी रेग्मी, डा. अनिल रेग्मी, अमृत गुरुङ, कालिदास न्यौपाने, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी नवराज सुवेदी र पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी रहेका छन्।

 प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी,  गाउँपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ लगायतले पुरस्कार वितरण तथा सम्मान गरेका थिए । विभिन्न दलका प्रतिनिधिहरूले शुभकामना दिएका थिए।

 

तस्वीर सौजन्यः गोविन्द सुवेदी/केन्द्रभाग

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ