‘मैले माहौल बनाएँ, कमल थापा राजेन्द्र लिङ्देन धमिलो पानीमा माछा मार्न आए’: दुर्गा प्रसाईं

प्रतिक्रिया

‘मैले माहौल बनाएँ, कमल थापा राजेन्द्र लिङ्देन धमिलो पानीमा माछा मार्न आए’: दुर्गा प्रसाईं

राप्रपाले गणतन्त्रको भोज खाएर राजसंस्थाको रक्षा गर्न सक्दैन

Durga-Prasai

काठमाडौँ । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको आरोप लगाएका छन् ।

‘हिजो सबैभन्दा ठुलो दोष, सबैभन्दा फ्रड काम गरेको राप्रपाले हो’, प्रसाईंले भने, ‘२०७२ असोज ४ कमल थापा र राजेन्द्र लिङ्देनले साइन गरेको थिएन भने न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो ।’

प्रसाईंले राप्रपाले राजसंस्थालाई खोलामा लगेर तिलाञ्जली दिएको तर अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न लागेको बताए ।

‘धमिलो पानीमा माछा मार्नलाई ..। ए हामीले गरेको ?, नगरपालिकामा गयो अनि पैसा तिरेको ? चैत १ बाट आन्दोलन सुरु गरिहालौँ, दुर्गा प्रसाईं आउनुपर्‍यो हामीसँग मिल्नुपर्‍यो रे !’, प्रसाईंको भनाइ छ ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले चलाएको आन्दोलनमा सारथिको भूमिका निर्वाह गर्न आग्रह गरे । उनले राप्रपाले गणतन्त्रको भोज खाएर राप्रपाले राजसंस्थाको रक्षा गर्न नसक्ने समेत बताए ।

‘गणतन्त्रमा जाने भोज खाने खड्गप्रसाद ओलीसँग फोन गर्ने, अनि माहौल बन्यो भने परिहाल्छ कि भनेर त्यो गर्ने’, प्रसाईंले भने ।

‘राजाले पनि धैर्य भएर सोच्नुहोला । तपाईंले यो लडाइँमा सारथि भएर रथ हाँक्नुस्,म अर्जुनको भूमिकामा बाण चलाउँछु’, पूर्वराजालाई प्रसाईंले सुझाव दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ