पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिव लिङ्गको निर्माण हुने भएको छ ।
शिवलिङ्गको सोमबार पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले शिलन्यास गरे ।
शिलन्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले जटा शंकर धार्मिक विकास समिति मार्फत नौ करोड रुपैयाको डिपिआर तयार गरी निर्माण कार्य अगाडी बढाईएको बताए ।
अध्यक्ष थापाले नौ करोडको लागतमा सबै काम सम्पन्न भए सिलिङ्गे धार्मिक पर्यटनको एक व्यवस्थित नयाँ गन्तव्य बन्ने बताए ।
उनले केही समय देखी कोटीहोम विवादले पोखराको धार्मिक वातावरण विग्रेको उल्लेख गर्दै, संवादबाट सवै समस्याको हल निकाल्न आग्रह गरे ।
उनले कोटीहोमका नाउँमा हिन्दु धर्मका अनुयायीहरुलाई विभाजित बनाउने काम भैरहेको उल्लेख गर्दै, होम, यज्ञ, यज्ञादीले सवैलाई समेट्नु पर्ने बताए । उनले हिन्दुधर्मका अनुयायी एकथरिलाई धार्मिक अर्को थरीलाई जवरजस्ती धर्म विरोधी हो की भन्ने ट्याग लगाउने कोसिस गरिएको बताए ।
उनले कोटीहोम भन्नासाथ योगी नरहरिनाथको स्मरण गर्दै, उनले देखाएको वा परिकल्पना गरेको कोटीहोम जस्तो हुनु पर्नेमा जोड दिए ।
धार्मिक कार्य रड, लाठी, खुकुरी र खुँडा एवं बाउन्सर राखेर नहुने उल्लेख गदै, अध्यक्ष थापाले, श्रद्धालु भक्तजनले पुष्पबृष्टी गरेर शुरुवात गर्नु पर्नेमा परिस्थिति मुठभेड तर्फ उन्मुख गराउने चेष्टा गरिएको बताए ।

महानगरको आदेश पालना गर्न गएका नगरप्रहरी माथि घातक बस्तु प्रहार गरि घाईते बनाईयो उनले भने— “महिला प्रहरीलाई समेत छाडिएन, यि सवै घट्ना भैरहँदा म कार्यपालिकाको सदस्य हुनुको नाताले भिडलाई तितरवितर पारेर उनिहरुको रक्षा गरेको हो ।”
कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधिस डा. आनन्द मोहन भट्टराईले आफ्नो निवित्त जीवन समाजका लागि कहाँनेर प्रयोग हुन्छ, त्यसका लागि प्रयोग गर्न सुझाव दिए । उनले स्थानीय सरकारले धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिंदै, डिपिआर अनुसारको कार्य अगाडी बढाउन सवैको सहयोग र साथको आवश्यकता पर्ने औल्याए।
शिक्षाविद् रवि प्रसाद बरालले मन र मस्तिष्कको समिश्रणनै आध्यात्म भएकाले दुवैको सन्तुलनबाट धार्मिक कार्यलाई अगाडी बढाउन जोड दिए । उनले धार्मिक कार्यहरु व्यापारका लागि गर्न नहुनेमा जोड दिए ।
जटाशंकर धार्मिक विकास समितिका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी हरिप्रसाद अधिकारी, चन्द्रबहादुर रानाभाट, संस्थाका बरिष्ठ उपाध्यक्ष एवं पोखरा महानगरपालिका वडा नंं २६ का वडा सदस्य तिथबहादुर राजभाट लगायतले जटाशंकर धार्मिक विकास समिति र त्यसका गतिविधिका बारेमा बोलेका थिए ।
एक करोड २० लाखको लागतमा निर्माण हुने योजनाका लागि चालु बर्षमा वडा मार्फत महानगरले ५० लाख रुपैया विनियोजन गरेको छ । कार्यक्रममा स्थानीय भक्तजनको व्यापक सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
पर्वतीय संग्रहालयमा सिटी टुर गाइडसँग अन्तरक्रिया
पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
रुपाले स्थापना दिवस मनायो, विभिन्न व्यक्तित्व ‘रूपा रत्न’ बाट सम्मानित
नवग्रह मन्दिरमा उठ्यो ७७ लाख बढी भेटी
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग