मनाङ । हिमाली जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा गाडी सञ्चालनमा ल्याइने भएको छ । स्थानीयवासी तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक गाडी सञ्चालनमा ल्याउन लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा बसेको समन्वयात्मक बैठकले सार्वजनिक गाडी सेवालाई व्यवस्थित, सुलभ र सरल बनाउँदै स्थानीयवासी, पर्यटक तथा सरकारी कर्मचारीलाई सहुलियतपूर्ण तथा सहज रूपमा यात्रा सुनिश्चित गर्ने निष्कर्ष निकालेको छ ।
मनाङमा अहिलेसम्म यात्रुका लागि मुख्य रूपमा पाँच सिटे क्षमताका पिकअप जीप मात्र सञ्चालन हुँदै आएका छन् । जसका कारण यात्रुले कठिन यात्रा गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने तथा सुरक्षित यात्रा गर्न नसक्ने समस्या छ ।
सार्वजनिक गाडी सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने, यात्रुले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानीसमेतमा सहजता कायम हुने विश्वास गरिएको छ ।
बेसीशहर–चामे सडक खण्ड जोखिमयुक्त भएकाले गाडी सेवा सुरक्षित र व्यवस्थित बनाउन सडकका समस्याग्रस्त तथा जोखिमयुक्त ठाउँको पहिचान गरी मर्मत एवम् निर्माणलाई तीव्रता दिइने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
सम्बन्धित खबर
मनाङमा सार्वजनिक गाडी सञ्चालन हुने
मनाङमा एउटा एम्बुलेन्ससमेत छैन
मनाङ केन्द्रविन्दु भएर भूकम्प
मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
मनाङको तिमाङ जङ्गलमा शुक्रबारदेखि डढेलो, अझै नियन्त्रणमा आउन सकेन
मुख्य समयमै हिउँ नपरेपछि मनाङका स्थानीय चकित
यो पनि पढौँ
आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता प्रतिष्ठान बागलुङले जित्यो
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग