पोखरा । आर्थिक सशक्तिकरणका लागि महिला उद्यमशिलता भन्ने नारा सहित ११५औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा पोखरामा कर्मशील नारी खाद्य उद्योगको औपचारिक शुभारम्भ भएको छ । स्थानीय उत्पादन प्रवद्र्धन, महिला उद्यमशीलता, र आर्थिक सशक्तिकरणलाई ध्यानमा राखी कर्मशिल महिला समुहले उक्त खाद्य उद्योग संचालनमा ल्याएका हो ।
उक्त खाद्य उद्योगको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्माले उद्योगको शुभारम्भ गर्दै महिलाहरू केवल गृहिणी मात्र होइनन्, उनीहरू सक्षम उद्यमी, व्यवस्थापक र समाज परिवर्तनका संवाहक भएको बताइन् । उनले भनिन् “कर्मशील नारी खाद्य उद्योगजस्ता स्थानीय उत्पादनमा आधारित उद्यमहरूले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले उद्योग संचालनसँगै आउने कतिपय कठिनाइ र चुनौतीहरुले विचलित गुणस्तरीय उत्पादन प्रविधिमैत्री मार्केटिगंमा ध्यान दिन सुझाव दिंदै महिलाहरूको उत्पादन र व्यवसायको क्षेत्रमा देखाएको यो सक्रियता प्रशंसा गरिन् ।
विशेष अतिथि लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीले स्थानीय स्तरमा स्थापना भएका यस्ता उद्योगहरूले आर्थिक वृद्धिमा टेवा पुग्ने बताइन् । उनले यस्ता उद्योग संचालनले समुदायभित्र आत्मनिर्भरता र उद्यमशीलताको भावना पनि विकास गराउने धारणा राखिन् ।

कर्मशील नारी खाद्य उद्योगकी अध्यक्ष एवम कार्यक्रमकी सभाध्यक्ष सुनिता खत्रीले स्थानीय स्रोतसाधनको उपयोग गर्दै गुन्द्रुक, मस्यौरा, कोदो, फापर लगायतका पिठो, अचार, सुकुटी, विभिन्न प्रकारका मसला, फ्रोजन मम लगायत ३० थरिका उत्पादनरहेको जानकारी दिइन् ।
उद्योगका सचिव सरिता भुजेलले उद्योगले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिने भएकाले यसले किसानहरूलाई समेत प्रत्यक्ष रूपमा फाइदा पुग्ने बताइन् । उनका अनुसार उद्योगमा उत्पादन गरिने अचार, सुकुटी, तथा अन्य खाद्य सामग्रीहरू विशेष गरी पारम्परिक नेपाली स्वादयुक्त हुनेछन्, जसले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै आयात प्रतिस्थापन गर्न मद्दत गर्ने बताइन् । उनका अनुसार १२ जना महिलाले मासिक १ हजार जम्मा गरेर ३ लाख पुँजी संकलन गरी लगानीको शुरुआत गरेको र अहिले थुप्रै दिदीबहिनी शेयर थप्नका साथै रोजगारको लागि उत्साहित भएको उनकोभ भनाइ थियो ।
कार्यक्रममा पोख्रेली मिनरल वाटरका प्रोप्राइटर तथा कौसी करेसा खेतीका कुशल प्रशिक्षक कान्ति पौडेल अधिकारी, वडा स्तरीय कृषि सञ्जाल ८ की संयोजक सबित्रा अधिकारी घिमिरे, वडा ९ की संयोजक विमला रानाभाट, पोखरा लेडी जेसीज २०२५ की अध्यक्ष अनिता थापा खड्का, बुहारी सशक्तीकरण समाज कास्कीकी अध्यक्ष निरु केसी, तथा लायन्स क्लब अफ मोनालिसाकी अध्यक्ष शकुन पौडेल आर्थिक शुभकामना मन्तब्य राखेका थिए ।
कर्मशिल नारि समुहकी उपाध्यक्ष पुष्पा शर्मा पौडेलले स्वागत मन्तब्यसँगै उद्योगको स्थापना र आगामी रणनीतिकोबारेमा प्रष्ट पारेकी थिइन् ।
सम्बन्धित खबर
प्रथम पिङ्क सिटी महोत्सव कप सुरु, वालिङ्को विजयी सुरुवात
पोखरामा कोटीहोम हुने तर स्थान परिवर्तन गरिने [भिडियो]
मनाङमा सार्वजनिक गाडी सञ्चालन हुने
पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन स्याङ्जाको वालिङमा हुने
नेपाल फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ
पोखरामा अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार गर्ने ५ जना पक्राउ
यो पनि पढौँ
आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता प्रतिष्ठान बागलुङले जित्यो
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग