पोखरा । माछापुच्छ्रे क्रिकेट क्लव पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को फाइनलमा प्रवेश गरेको छ । शनिबार लेखनाथमा भएको खेलमा राईजिङ क्रिकेट क्लवलाई ९६ रनले पराजित गर्दै माछापुच्छ्रे क्रिकेट क्लव प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
शनिबार भएको खेलमा राईजिङ क्रिकेट क्लवले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको माछापुच्छ्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो । माछापुच्छ्रेका लागि धिरज अधिकारीले४४ बलमा ६६ रन, सुमित श्रेष्ठले ४४ बलमा ५२ रन र आतिष न्यौपानेले २५ बलमा २७ रनको योगदान दिए ।
१६७ रनको मध्यम लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको राईजिङ निर्धारित २० ओभरमा अलआउट हुँदै ७२ रनमा सिमित भएपछि माछापुच्छ«े बिजयी भएको हो । राईजिङका अनिष रावतले ३३ बलमा २७ रन र भानुभक्त लम्सालले १७ बलमा २२ रन बनाएपनि हार टार्न सकेनन् । राईजिङलाई सस्तैमा समेट्न माछापुच्छ्रेका प्रमोद बास्तोलाले ५ रन खर्चेर ४ विकेट हत्याए । उनै प्रमोद बास्तोला प्लेयर अफ दी म्याच घोषित भएको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत आज दोश्रो सेमीफाइनल खेलमा कास्की क्रिकेट क्लव र लेखनाथ क्रिकेट क्लव फाइनल प्रवेशका लागि प्रतिष्पर्धामा उत्रिने अध्यक्ष पुनले जानकारी दिए ।
सम्बन्धित खबर
प्रथम पिङ्क सिटी महोत्सव कप सुरु, वालिङ्को विजयी सुरुवात
पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि लेखनाथ र माछापुच्छ्रे क्रिकेट क्लव भिड्ने
पोखरामा रेफ्री क्याटगोरी– ४ कोर्ष सुरु
माछापुच्छ्रे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड वैशाख २० गते हुने, तयारी सुरु
वडाध्यक्ष कप भलिबलः शनिबार फाइनल खेल हुने
यो पनि पढौँ
आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता प्रतिष्ठान बागलुङले जित्यो
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग