भित्तेलेखन गर्दैगर्दा विप्लव निकट आधा दर्जन विद्यार्थी पक्राउ, म्याद थप

भित्तेलेखन गर्दैगर्दा विप्लव निकट आधा दर्जन विद्यार्थी पक्राउ, म्याद थप

Bhittelekhan

पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध आधा दर्जन विद्यार्थी पक्राउ परेका छन् ।

गत शनिबार पोखरा १० अमरसिंह, शिवचोकि स्थित विद्युत प्राधिकरणको भित्तामा भित्तेलेखन गर्दै हरेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारको टोलीले ६ जनालाई पक्राउ गरेको हो ।

अखिल क्रान्तिकारी विद्यार्थी संगठन कास्की जिल्ला सचिव हुम्ला घर भएका जनप्रिय क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत पुरन पुन मगर, हुम्ला घर भएका संगठन कास्की सदस्य पोखरा टेक्निकल कलेजमा अध्ययनरत उबजन पुन मगर, संगठन मादी घर भइ भद्रकाली कक्षा ११ पढ्ने कास्की सदस्य सागर बिक, लमजुङ सुन्दरबजार घर भइ अमरसिंह माविमा ११ कक्षा पढ्ने कास्की जिल्ला सदस्य सूर्य गुरुङ, सोलुखुम्बु घर भएका प्रकाश राई, संगठनका मादी गाउँपालिका कास्की संयोजक भद्रकालीमा ११ कक्षा पढ्ने गगन परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । म्याद थप गरी संगठनको गतिविधिबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ