पोखरा महानगर टि–२० क्रिकेट प्रतियोगितामा अरण्यज्योतिको पहिलो जित

पोखरा महानगर टि–२० क्रिकेट प्रतियोगितामा अरण्यज्योतिको पहिलो जित

AranyaJyoti VS Gandaki Sports PIC

पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोतिगामा अरण्यज्योति क्रिकेट क्लवले पहिलो जित दर्ता गरेको छ ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्र्तगत शुक्रबार भएको खेलमा अरण्यज्योतिले गण्डकी स्पोर्टस क्लवलाई ९५ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । यसअघि उद्घाटन खेलमा अरण्यज्योतिले कास्की क्रिकेट क्लवसँग ७४ रनको पराजय बेहोरेको थियो ।

टस जितेर गण्डकी स्पोर्टस क्लवले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अरण्यज्योतिले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनाएको थियो । अरण्यज्योतिका लागि प्रिजन श्रेष्ठ ६५ बलमा ८३ रन र विधान श्रेष्ठले १७ बलमा ३१ रनको महत्वपूर्ण योगदान दिए । गण्डकीका सिद्धान्त गिरीले २५ खर्चेर ३ विकेट हात पारे ।

१७० रनको मध्य स्तरको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले १३ ओभर अलआउट हुँदै ७६ रनमा समेटिएपछि अरण्यज्योतिले पहिलो जित हात पा¥यो । गण्डकीका सौरभ शर्माले २१ बलमा सर्बाधिक २३ रन बनाएपनि हार टार्न सकेनन् । अरण्यज्योतिका विधान श्रेष्ठले २९ रन खर्चेर गण्डकीको महत्वपूर्ण ३ विकेट र विट्टु बैठाले १७ रन खर्चेर २ विकेट हत्याउन सफल भए ।

शुक्रबारको खेलमा अरण्यज्योतिका प्रिजन श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शनिबार माछापुच्छ«े क्रिकेट क्लव र राईजिङ क्रिकेट क्लव आमनेसामने हुनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ